निजगढ । नेपाल टेलिकमले निजगढमा पिएसटिएन प्रबिधिको अन्त्य गरी एफटिटिएच फाईबर नेटवर्क बिस्तार गरेको छ । टेलिकम निजगढले निजगढमा एक कार्यक्रमको आयोजना गरी अब सम्पुर्णरुपमा फाईबर नेटवर्क मात्र रहेको जनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख सुरथ पुरीले पिएसटिएन प्रबिधिको स्विच पुर्णरुपमा बन्द गरी एफटिटिएच फाईबर नेटवर्कको स्विच अन गर्नु भएको हो । कार्यक्रममा नगरप्रमुख पुरीले निजगढमा टेलिकमको सेवा प्रभावकारी बनाउन आग्रह गर्नु भयो । बाग्देब क्षेत्रमा टेलिकमको नेटवर्क नटिप्ने समस्या अन्त्य गर्न माग गर्नु भयो ।
नेपाल टेलिकम चन्दपुरका लेखाप्रमुख ईन्जिनियर महम्मद हसन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टेलिकम मधेश प्रदेश निर्देशनालयका निर्देशक नमकार न्यौपानेले सरकारी सुविधामै सस्तो राम्रो टेलिकमको सेवा प्रयोग गर्न आग्रह गर्नु भयो । उहाँले निजगढको समस्या समाधान गर्न आफुले पहल गर्ने बताउनु भयो । कार्यक्रममा निजगढ वडा नं. ९ का वडाअध्यक्ष रामचन्द्र कटुवालले सेवा बिस्तार भएको राम्रो भएपनि समस्या समाधानमा समेत ध्यान दिन अनुरोध गर्नु भयो । कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष टेक बहादुर लामा, ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख सुमित कुश्वाहा, स्थानीय पत्रकार कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिने जानकारी गराईएको थियो ।
टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर हाल सेवाग्राहीले निकै नै रुचाएको पाइएको छ। विभिन्न फरक विशेषता र महसुल दर पनि कम भएकाले यसप्रतिको आकर्षण अभिवृद्धि भइरहेको टेलिकमले जनाएको छ ।
के के छन त सुबिधा
एउटैमा तीन प्लस १ सेवा
फाइबर टु द होम ९एफटीटीएच० सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधा लिन सकिन्छ। यसबाट एकै पटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ।
एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ुअब एउटैमा तीन प्लस १ु सेवा नामकरण गरेको छ।
तोकिएकै गतिमा इन्टरनेट सुविधा
नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबिपिएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ। कम्पनीका सेवाग्राहीहरूले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउछन्।
कम्पनीले तोके बमोजिमकै व्यान्डविथ उपलब्ध गराइरहेको छ। सिंगल युजर भएको समयमा जहिले पनि यस अनुसारको गतिको सुविधा उपयोग गर्न सकिन्छ।
एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा
नेपाल टेलिकमले हाल १ जिबिपिएस ९१००० एमबिपिएस० सम्म उच्च गतिको एक्सजीपोन प्रविधिमा आधारित एफटिटिएच इन्टरनेट सेवा समेत प्रारम्भ गरेको छ।
सो सेवा ५०० एमबिपिएस र १ जिबिपिएस गरी दुईवटा प्याकेजमा उलपब्ध छ। यसको डाउनस्ट्रिम क्षमता १० जिबिपिएस र अपस्ट्रिम क्षमता २।५ जिबिपिएस रहेको छ। हालका लागि काठमाडौं उपत्यकामा उपलब्ध गराइएको यो सेवा व्यावसायिक संस्थाहरूका लागि लाभदायक छ।
जडान र कम्प्लेनका लागि निःशुल्क नम्बर १९८–१
आफूलाई आवश्यक परेको स्थानमा एफटिटिएच सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ ९१९८ मा डायल गरी प्राप्त सन्देशपछि फेरि १० डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था छ।
यो सेवाको प्रयोग गरी एफटिटिएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ। त्यसैगरी एफटिटिएच सेवाले राम्ररी काम नगरेमा वा लाइन बिग्रिएको अवस्थामा मर्मतका लागि आवश्यक गुनासो दर्ता गराउन पनि सकिन्छ।
विभिन्न सुविधाका लागि नेपाल टेलिकम एप
नेपाल टेलिकम एपबाट अन्य विभिन्न सेवाका साथै एफटिटिएचको बारेमा पनि विभिन्न जानकारी लिन सकिन्छ। यसका लागि ग्राहकले प्रयोग गरिरहेको सिपियुको सिरियल नम्बर राखेर रजिस्टर गर्न सकिन्छ। यस पछि कस्टमर नम्बर राखेर विभिन्न सुविधा उपयोग गर्न सकिन्छ।
घरमा एफटिटिएच चलेको वा नचलेको वा सिग्नलको अवस्था मोबाइलमा भएको एपबाटै हेर्न सकिन्छ। त्यसैगरी, सिपिइलाई एपबाटै रिस्टार्ट गर्न पनि सकिन्छ।
आफूले चलाइरहेको प्याकेज र यसको स्पिड तथा चलाउन बाँकी प्याकेजको अवस्थाका बारेमा पनि यसबाटै जानकारी लिन सकिन्छ। इन्टरनेटको डाउनलोड र अपलोड स्पिड पनि थाहा हुन्छ। यसमा भएको सेटिङ प्रयोग गरी वाइफाइको नाम र पासवर्ड परिवर्तन पनि एपबाटै गर्न सकिन्छ।
निःशुल्क ल्यान्डलाइन फोन
कम्पनीले एफटिटिएच सेवामा ग्राहकको आवश्यकता बमोजिमका विभिन्न प्याकेजहरू उपलब्ध गराएको छ। यी प्याकेजमा फाइबर इन्टरनेट सहित १ लाइन निःशुल्क टेलिफोन सुविधा समेत उपलब्ध हुन्छ। यस अतर्गत प्राप्त हुने टेलिफोनबाट निःशुल्क रुपमा असीमित टेलिफोन गर्न सकिन्छ।
७ देखि ७ सम्मको मर्मत सुविधा
हाल एफटिटिएच मर्मतका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मकै सेवा उपलब्ध छ। काठमाडौं उपत्यकाका कार्यालयहरूमा यो सुविधा उपलब्ध भइरहेको छ भने उपत्यका बाहिर पनि यस प्रकारको सेवा विस्तार भइरहेको छ। कुनै कारण एफटिटिएच सेवामा अवरोध उत्पन्न भएमा मर्मत सुविधा तत्काल उपलब्ध हुन्छ। सेवामा गडबडी आएको गुनासो लगत्तै मर्मतको कार्य सम्पन्न गरिने र लामो समयसम्म सेवामा अवरोध नरहने भएकाले सेवाग्राहीले निरन्तर सेवाको उपयोग गरी लाभ हासिल गर्न सक्नेछन्।