बारा । सामुदायिक वनको प्रभावकारिता तिनै तहको सरकार र समुदायको सहभागिता भन्ने मुल नाराकासाथ बाराको निजगढमा सामुदायिक वन दिवश मनाईएको छ । बाराको निजगढ नगरपालिका वन तथा वातावरण शाखा निजगढको आयोजनामा बृक्षारोपण कार्यक्रम र बतृत्वकला प्रतियोगिता गरी मनाएको हो ।


जन श्रृजनशिल सामुदायिक वन समितिको क्षेत्र खोलाको किनारामा २०० बासका बिरुवा बृक्षारोपण र सामुदायिक वनको बारेमा गौरी शंकर माविमा बक्तृत्वकला कार्यक्रम गरी सामुदायिक बन दिवश मनाएको हो ।
दिवशको अबसरमा आयोजित बृक्षारोपण कार्यक्रममा नगरप्रमुख सुरथ पुरीले तिनै तहको सरकारसगसगै स्थानीयको सहयोग र सहकार्यतामा सामुदायिक वनको विकास गर्नु पर्ने बताउनु भएको छ । नगरप्रमुख पुरीले वनको सिमित कर्मचारीबाट वनको संरक्षण चुनौति रहेकोले समुदायले संरक्षणमा योगदान गर्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा निजगढमा रहेका सामुदायिक बन समितिहरुको उपस्थिति रहेको थियो ।
जनहित सामुदायिक वन उपभोक्ता समुहले पनि बृक्षारोपण गरी स्थापना दिबश मनायो
त्यसैगरी निजगढमै रहेको जनहित सामुदायिक वन उपभोक्ता समुहले पनि बृक्षारोपण गरी स्थापना दिबश मनाएको छ । समुहका अध्यक्ष चन्द्रिका मगरको अध्यक्षतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा सामुदायिक बन महासंघ बाराका जिल्ला उपाध्यक्ष बासुदेब तिमल्सिनाको प्रमुख आतिथ्यतामा बृक्षारोपण कार्यक्रम गरी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एभोगाडो अभियानका अभियन्ता एवम माओवादी प्रदेश सदस्य रबिराज दङगाल, निजगढ वडा नं. ७ का वडाअध्यक्ष टेक बहादुर लामा, नेपाली काग्रेस नगर सभापति नबराज तिमल्सिना, एमाले निजगढका उपाध्यक्ष भोला गौतम, माओवादी केन्द्रका नगर अध्यक्ष सन्तोष दङगाल, नेकपा एसका नगर अध्यक्ष भिमसेन सापकोटा लगायतले सामुदायिक बनको भुमिका र दिवशका बारेमा आफना बिचार राख्नु भएको थियो ।
बृक्षारोपण कार्यक्रममा कल्की, बेल, गोलमोहर, अर्जुन जातका गरी २३० बिरुवा र एभोगाडो अभियान अन्र्तगत दङगालको चार सय ४५० एभोगाडो बिरुवा बिक्षारोपण गरिएको हो ।
निजगढमा २८, कलैया ३, पथलैयामा ११ सामुदायिक बन गरी बारामा ४२ वटा सामुदायिक वन दर्ता छन । जसमध्ये ७ वटा सामुदायिक वन निस्किृय अबस्थामा रहेको डिभिजन वन कार्यालय सिमराका एरिय फरेष्ट अफिसर बिरेन्द्र यादबले बताउनु भएको छ ।
