उपमहानगरपालिकाको सहयोगमा विद्यालयमा सुबिधा सम्पन्न शौचालय

तराइ संचार
तराइ संचार 568 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं। ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा शौचालयको उद्घाटन गरिएको छ ।
जीतपुुरसिमरा उपमहानगरपालिकाको सात लाख आर्थिक लगानीमा सम्पन्न नव निर्मित्त शौचालयको जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष रामबाबुु गुुप्ताले एक कार्यक्रमवीच उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष गुुप्ताले फकिरा गिरी विद्यालयलाई नमुुना बिद्यालय बनाउन आफुले हरसम्भव प्रयास गर्ने बताउनु भयो ।

बिद्यालयका प्रधानध्यापक राजुु कुुमार सिंहले विद्यालयमा केही समयभित्र विद्यालयमा सुविधा सम्पन्न महिला शौचालय समेत बनाउन काम अघि बढेको बताए । शौचालय उद्घाटन कार्यक्रममा जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव शिवजी साह, बिद्यालय ब्यवस्थापन समितिका सदस्य मुुरारी राज पुुरी, युुवा समाजसेवी मनोज साह लगायतको सहभागिता रहेको थियो । यसभन्दा अगाडि बिद्यालयको प्रत्येक कक्षा कोठामा सि।सि।टि।भि। क्यामरा, लाईब्रेरी र कम्पयुुटर प्रयोगशाला र नवनिर्मित भवनको उद्घाटन गरिसकिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content