डुमरवानामा निःशुल्क आँखा शिविर सम्पन्न

तराइ संचार
तराइ संचार 1.5k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको  डुमरवानामा निःशुल्क आँखा शिविर कार्यक्रम शनिवार सम्पन्न भएको छ । जनमुखी युवा चारपाते क्लब जीतपुरसिमरा–१५ डुमरवाना र दृष्टि आँखा अस्पताल बीरगंजको आयोजनामा सम्पन्न आँखा शिविरमा डुमरवाना क्षेत्रका करिब ३ सय १३ जनाले निःशुल्क आँखा परीक्षण गरेका छन् ।
चारपाते क्लबका अध्यक्ष रामेश्वर खाँ थारुले डुमरवाना लगायत यस क्षेत्रमा आँखाका रोगीहरु अत्यधिक भएकाले निःशुल्क आँखा परीक्षण गरिएको बताउनु भयो । आँखा परीक्षणमा दृष्टि आँखा अस्पतालका नेत्र चिकित्सक रञ्जना चौधरी र सानी केशरी लगायतकाले परीक्षण गरेका हुन् । सरकारद्वारा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमाभएका हरुलाई भने चेकजाँच तथा अप्रेशन सम्पूर्ण निःशुल्क रहेको बताइएको छ । आँखामा समस्या देखिएकाहरुलाई चश्मा र औषधि समेत प्रदान गरिएको क्लबका सहयोगी सञ्जय चौधरीले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content