सरुवा भएकी शिक्षिकालाई वडाध्यक्षले हाजिर गर्न रोकेपछि परिक्षा चली रहदा बिद्यालय तनाबग्रस्त भिडियो सहित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 319 - पाठक संख्या
6 मिनेट पढ्न लाग्ने समय
oplus_0
         बारा । बाराको जीतपुर सिमरा उपमहानगर वडा नं. २ मा रहेको पुरानो एकमात्र धेरै बिद्यार्थि अध्ययन गर्ने नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय दिनभर तनाब रहयो । बिद्यालयमा परिक्षा चली रहदा बिद्यालय तनाबग्रस्त बन्दा परिक्षा दिने बिद्यार्थिले के लेखे भन्ने बिषय एकातर्फ छ ।
तर रोचक के भने बिद्यालय शान्ती क्षेत्र भएपनि वडा अध्यक्ष जसरीपनि हाजिर गर्न नदिने र नगरप्रमुख जसरी पनि हाजिर गराउने दिनभर जसो झगडाले अशान्त बनेको बिद्यालयका शिक्षकहरुले अबका दिनमा दबाबमा कसरी काम गर्ने भन्ने बिषय पेचिलो बनेको छ । एउटा पक्ष हाजिर गरा अर्को पक्ष खबरदार नगरा भन्दै शिक्षकहरुमाथि दबाब बढाएपछि बिद्यालय अशान्त बनेको छ ।

बिद्यालय तनाब बन्नुको प्रमुख कारण वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ हुन । उनले गत ६ गतेदेखिनै हाजिर गर्दै भर्खरै सरुवा भएर आएकी जीतपुरसिमरा वडा नं. १ की सिता अधिकारीलाई भई रहेको हाजिर गर्न बिहान १० बजे नदिई हाजिरी रजिस्टर खोसेपछि विवादको बिषय पुनः शुरु भएको हो । केहीदिन अघि नगरप्रमुख आफै बसेर हाजिर उनै अधिकारीलाई हाजिर गराएका हुन ।
नगरको शिक्षा समितिले सरुवा गरेको शिक्षकलाई वडाध्यक्षले हाजिर गर्न नदिएको बिषय चारैतिर फैलिएपछि मध्यान्न नगरप्रमुख र वडाध्यक्षबिच हात हालाहालको अबस्थाले बिद्यालयमा तनाबको अबस्थ ा बनेको हो ।
उपमहानगरको नगर शिक्षा समितिको गत जेठ १७ गते निर्णय अनुसार सरुवा  भएकी उनीलाई  वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले हाजिर गर्न नदिएको खबर पाएसगै केही दिन अघि आफैले हाजिर गराएकी शिक्षीकालाई हाजिर हुन नदिएपछि पुगेका नगरप्रमुख राजन पौडेलले र वडाअध्यक्ष श्रेष्ठबिच रजिष्ट्रर तानातान गरेपछि आज जनप्रतिनिधिबिच हातपातको अवस्था सिर्जना भएको हो ।
नगरप्रमुख संयोजक रहेको शिक्षा समितिले ९५ शिक्षकको दरबन्दी मिलानको निर्णय गरेको थियो । अधिकाशं शिक्षक सरुवा निर्णय कार्यान्वय हुदाँ माध्यमिक तहमा नेपाली विषयका २ जना शिक्षकलाई हाजिर गराउने विषय भने लामो समयदेखि कार्यान्वयन हुन सकेको छैन् ।
उपमहानगरले नेपाली विषयका शिक्षक मेघराज बराललाई सिमराबाट जीतपुर र अधिकारीलाई जीतपुरबाट सिमरामा सरुवा गरेको हो ।  वडाध्यक्ष  श्रेष्ठले हाजिर गर्न रोक लगाएपछि सरुवा पत्र बुझेर लामो समयदेखि सिमरा माविमा धाईरहेकी शिक्षिका अधिकारी दिनभर कक्षा कोठा बाहिर बसेर समय कटाउदै आएकी छिन् ।
यता नेरा मावि सिमराबाट राजेश्वर गिरी फकिरा गिरी मावि जितपुरमा सरुवा भएका शिक्षक मेघराज बराललाई वडाध्यक्षको दवावमा विद्यालयले रमाना नदिदा माध्यमिक तहको नेपाली विषय पठनपाठन ठप्प प्रायं छ । नेरा मावि सिमराका प्रधानाध्यापक शंकर आर्चायले शिक्षिका अधिकारीलाई हाजिर गराउन खोज्दा वडाध्यक्षले रोक लगाएको बताएका छन्  ।

विद्यालय प्रशासन चेपुवामा परेका छौ– प्रधानाध्यापक आचार्य

‘नगर शिक्षा समितिले गरेको शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगरेर हाजिर रोक्ने अधिकार वडाध्यक्षलाई छैन् तर विद्यालयको चेकमा वडाध्यक्षको हस्ताक्षर हुने भएकाले हामी विद्यालय प्रशासन चेपुवामा परेका छौ’ प्रधानाध्यापक आचार्यले भने ‘वडाध्यक्षले रोक भनेपछि हामी मान्नुपर्ने बाध्यात्मक अवस्था भएको प्रधानाध्यापक आचार्यको भनाई छ ।

छ महिना पनि नपुगेका शिक्षकलाई सरुवा गर्न दिन्न–वडाअध्यक्ष श्रेष्ठ

जीतपुर सिमरा वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले रमाना नलिई बिद्यालयमा हाजिर गराएकाले हाजिर गर्न रोकेको बताउनु भएको छ । उहाँले शिक्षा समितिले गलत निर्णय गरेका कारण यस्तो समस्या आएको बताउदै छ महिना पनि नपुगेका शिक्षकलाई सरुवा गर्दा बिद्यालयमा राम्रो सन्देश नजाने भएकोले आफुले हाजिर गर्न नदिने बताउनु भएको छ ।
नगर शिक्षा समितिले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को  परिच्छेद ३ को दफा ११ को उपदफा २  अनुसार सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान सम्वन्धि व्यवस्था रहेको, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षक दरबन्दी कार्यविधि २०७६ र उपमहानगरको शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७९ बमोजिम शिक्षक सरुवा गरिएको निर्णयमा उल्लेख छ ।
बिद्यालय ब्यबस्थापन समितिका पदेन सदस्य रहेका वडाअध्यक्ष श्रेष्ठले प्रधानाध्यापकको कामकाजमा हस्तक्षेप गरी हाजिरी नियन्त्रणमा लिनु अधिकार क्षेत्र बाहिर भएपनि वडाअध्यक्षको निर्देशनले दबाबमा परेका प्रधानाध्यापक आचार्यले शुरुमा हाजिर गराउने र गराईरहेको बताएपनि हात हालाहालको अबस्थापछि भने विवादमा हाजिर गराउन नसक्ने बताउनु भएको थियो ।

वडाध्यक्षले रजिष्ट्रर खोसेर आफुमाथि दुर्वव्यवहार गरे–शिक्षिका अधिकारी

शिक्षिका अधिकारीले विद्यालयमा हाजिर गर्न खोज्दा वडाध्यक्षले रजिष्ट्रर खोसेर आफुमाथि दुर्वव्यवहार गरेको गुनासो गरेकी छिन् । नगरप्रमुख र वडाध्यक्षको जुधाईका कारण आफु चेपुवामा परेको र सम्रग शिक्षकहरुको मनोबल कमजोर बनाउने काम भएको उनले बताएकी छिन् ।

हाजिर गर्न रोक लगाए कठोर कदम चाल्न बाध्य हुन्छौ–अध्यक्ष राय

 नेपाल शिक्षक संघ जीतपुर सिमराका अध्यक्ष जयप्रकाश रायले जितपुरसिमराको शिक्षा ऐन अनुसार सरुवा भएकी शिक्षक अधिकारीलाई हाजिर गर्न रोक लगाए शिक्षकहरुले कठोर कदम उठाउन आफुहरु बाध्य हुने बताउनु भएको छ ।

विधिसम्वद्ध ढंगले गरेका निर्णयहरु कार्यन्वयन हुन्छ, गुण्डागर्दी अब चल्दैन –नगरप्रमुख पौडेल

बिद्यालयमा नगरप्रहरी सहित पुगेका नगरप्रमुख राजन पौडेलले भने वडाध्यक्षको दवावमा नपरी कानुनले दिएको अधिकारलाई टेकेर काम गर्न विद्यालय प्रअ आचार्यलाई निर्देशन दिएका छन् । ‘यसरी शिक्षा समितिले गरेको निर्णयलाई मजाक बनाएर २ वटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुले दायरा नाघेर शैक्षिक संस्थामा दादागिरी गरेर बसिरहेको उहाँको भनाई छ । नगरप्रमुख पौडेलले भने ‘नगरपालिकाले विधिसम्वद्ध ढंगले गरेका निर्णयहरु कार्यन्वयन गर्न कोही वडाध्यक्षसँग डराउनु पर्दैन्, मैले तपाईहरुलाई संरक्षण गर्छु’ ।

शेयर
प्रतिक्रिया
Skip to content