घुस लिएको आरोपमा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारी पक्राउ

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्सा । घुस लिएको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारी पक्राउ परेका छन् । उद्योग अनुगमनको क्रममा ११ हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनु भएको छ । घुस लिएको पुष्टि भए पछी जिल्ला प्रशासन कार्यालय पर्साले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंह रहेका छन् । टेक्सटायल उद्योगको अनुगमनपछि तौल गर्ने मेसिन खराब छ भ्नद्यै काटा नियन्त्रणमा लिएका एन्ह्रिुल्े घुस लिएर काँटा फिर्ता गरेका थिए । घुस लिएको पुष्टि भएपछि उनीहरु परेका हुन । पक्राउ परेका मध्ये दुई जना लाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणमुक्त भए पछि अख्तियारको जिम्मा लगाउने प्रजिअ तामाङले जानकारी दिए ।

शेयर
प्रतिक्रिया
Skip to content