पतिको आक्रमणबाट पत्नीको मृत्यु, आमा बचाउन गएका दुई छोरी घाईते 

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 474 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
बारा । बाराको निजगढ नगरपालिका वडा नं. ९ भवरा चौकमा मगलबार राती करिब ८ बजे पतिको आक्रमणबाट पत्नीको मृत्यु हुनुको साथै आमा बचाउन गएका दुई छोरी समेत घाईते भएका छन ।
राजबिराज ८ घर भई निजगढ ९ बसोबास गर्ने ४५ बर्षिय बिमल बस्नेतले आफनै ४० बर्षिय श्रीमति लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हसियाले प्रहार गरी हत्या गरेका हुन । बाथरुममा नुहाउन गएकी श्रीमतिलाई बस्नेतले पहिलो प्रहार घाटीमा गरेका हुन । धारिलो हसियाको जथाभावी धेरै ठाँउमा भएको प्रहारले घाईते भएकी उनलाई उपचारका लागि अस्पताल ल्याईएपनि बाटोमै मृत्यु भएको हो ।
बुबाको प्रहारबाट रन्थनिएकी आमालाई बचाउन गएका छोरीहरुलाई समेत बस्नेतले खुप्राले प्रहार गरेका हुन । प्रहारबाट जेठी १८ बर्षकी छोरीको हात आधा भन्दा बढी काटेको छ । कान्छी छोरी १५ बर्षीय जमुना राई समेत घाईते भएपछि दुवैलाई स्थानीय सामुदायिक प्रसुति गृह अस्पतालबाट रिफर गरी बिरगन्ज मेडिकल कलेज पठाईएको सामुदायिक अस्पताल निजगढका डा.सरोज कुमार कुश्वाहाले बताउनु भएको छ ।
घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले भाग्दै गरेका श्रीमान बिमल बस्नेतलाई प्रक्राउ गर्नुका साथै घटनास्थलबाट हत्यामा प्रयोग भएको हसिया, हत्यापछि रक्ताम्यै रगत, चप्पल लगायत सामाग्री बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुश्वाहाले बताउनु भएको छ । हत्या किन भयो भन्ने बिषयका बारेमा छानविन भईरहेको कुश्वाहाले बताउनु भयो ।
मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाईएको छ  । स्थानीय पुर्व वडाअध्यक्ष रामजी बजगाईले दोश्रो पतिकोरुपमा बस्नेत रहेको र लागू पदार्थ सेवनकर्ता रहेकोले घरमा झैझगडा हुने गरेको बताउनु भएको छ । प्रहरीले बस्नेतको स्वास्थ्य परिक्षणको तयारी गरेको छ । बस्नेत मजदुरी काम गर्ने गरेको बताईएको छ । स्थानीयबासीका अनुसार लागुऔषध र मादकपदार्थ सेवनका कारण पटक पटक झैझगडा हुने गरेको र अहिलेपनि सोही कारण यस्तो घटना भएको हुनसक्ने आंशका गरेका छन ।
शेयर
प्रतिक्रिया
Skip to content