भवरा चौकमा मगलबार राती भएको हत्या घटनामा
बारा । आमा बचाउदा हातको नसा काटिएकी दुई छोरीको काठमाण्डौ रिफर भएको छ । बाराको निजगढ नगरपालिका वडा नं. ९ भवरा चौकमा मगलबार राती भएको हत्या घटनामा घाईते भएकी दुई छोरीको बिरगन्जमा उपचार हुन नसकेपछि काठमाण्डौ रिफर गरिएको हो ।
आमा बचाउन गएकी जेठी १८ बर्षीय छोरी गंगा राईको हातको नसा धेरैजसो काटिएकोले बिरगन्जमा उपचार हुन नसकेको हो । त्यस्तै कान्छी छोरी १५ बर्षीय जमुना राई समेत दुवैलाई उपचारका लागि काठमाण्डौ पठाईएको छ । राजबिराज ८ घर भई निजगढ ९ बसोबास गर्ने ४५ बर्षिय बिमल बस्नेतले आफनै ४० बर्षिय श्रीमति लक्ष्मी भन्ने सिता राईलाई ईन्टरनेटमा पैसा नहालेको, रक्सी खान पैसा नदिएको भन्दै जथाभावी प्रहार गरेको स्थानीयले बताएका छन ।
स्थानीयका अनुसार जग्गा बेचेर घरमा पैसा आएको थाहा पाएपछि बस्नेतले पैसा मागेको नदिएपछि हसियाले प्रहार गरी हत्या गरेका हुन । बाथरुम शौचालयमा गएकी श्रीमतिलाई बस्नेतले पहिलो प्रहार घाटीमा गरेका हुन । धारिलो हसियाको जथाभावी धेरै ठाँउमा भएको प्रहारले घाईते भएकी उनलाई उपचारका लागि अस्पताल ल्याईएपनि बाटोमै मृत्यु भएको हो ।
बुबाको प्रहारबाट रन्थनिएकी आमालाई बचाउन गएका छोरीहरुलाई समेत बस्नेतले खुप्राले प्रहार गरेका हुन । घाईते भएपछि दुवैलाई स्थानीय सामुदायिक प्रसुति गृह अस्पतालबाट रिफर गरी बिरगन्ज मेडिकल कलेज पठाईएको र त्याहापनि उपचार हुन नसकेपछि काठमाण्डौ ब्ल हस्पीटल पठाईएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुश्वाहाले बताउनु भएको छ ।
घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले भाग्दै गरेका श्रीमान बिमल बस्नेतलाई प्रक्राउ गर्नुका साथै घटनास्थलबाट हत्यामा प्रयोग भएको हसिया, हत्यापछि रक्ताम्यै रगत, चप्पल लगायत सामाग्री बरामद गरेको छ । बस्नेतको स्वास्थ्यकर्मीबाट चेकअप गर्दा मापसे गरेको पाईएको प्रहरीले बताएको छ ।
स्थानीय पुर्व वडाअध्यक्ष रामजी बजगाईले दोश्रो पतिकोरुपमा बस्नेत रहेको र लागू पदार्थ सेवनकर्ता रहेकोले घरमा झैझगडा हुने गरेको बताउनु भएको छ । बस्नेत मजदुरी काम गर्ने गरेको बताईएको छ । स्थानीयबासीका अनुसार लागु औषध र मादकपदार्थ सेवनका कारण पटक पटक झैझगडा हुने गरेको र अहिलेपनि सोही कारण यस्तो घटना भएको हुनसक्ने आंशका गरेका छन ।