बसन्त लामा
सिंगौल । प्रथम लालीगुराँस नकाउट फुटवल प्रतियोगिता आज बाट सुरु भएको छ । निजगढ नगरपालिकाको वडा नम्बर ३ स्थित पिपलटारको नयाँ निर्माण गरिएको खेलमैदानमा प्रतियोगिता शुरु भएको हो । राष्ट्रको लागि खेलकुद स्वास्थको खेलकुद भन्ने मुल नाराको साथ शुरु भएको प्रतियोगिताको उद्धघाटन निजगढ नगरपालिकाको वडा नम्बर ३ को वडा अध्यक्ष गोकुल प्रसाद तिमल्सिनाले गर्नु भएको छ ।
नकाउट फुटवल प्रतियोगिताको प्रथम बिजेता टिम लाई ३० हजार नगत सहित ट्रफी प्रमाण पत्र र दोस्रो हुने टिम लाइ १५ हजार नगत सहित प्रमाण पत्र रहेको आयोजक क्लव लालिगुराँसको अध्यक्ष संजिव योन्जनले बताएका छन ।
आज भएको उद्धघाटन शत्रको प्रतियोगिता खेलमा आयोजक लालीगुराँस युवा क्लवले निजगढको बाघ भैरबा युवा क्लवलाई एकका बिरुद्ध तीन गोलले पराजित गरेको छ
लालीगुराँस युवा क्लवको खेलाडी जर्सी नम्बर १० को विवस दर्लामी मगर ले ३ गोल गरेका थिए भने बाघ भैरब युवा क्लवको खेलाडी जर्सी नम्बर ११ को सुप्रिम गौतमले एक गोल गरेको थिए । खेलको म्यान अफ द म्याच लालीगुराँस युवा क्लवको विवस दर्लामी मगर घोषित भए ।
प्रतियोगिताको फाइनल खेल असोज १७ गते हुनेछ । प्रतियोगितामा २१ टिम को सभागिता रहेको छ ।