निजगढ । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महाबिर पुनले सरकारले गरेको प्रतिबद्धता अनुरुप रकम नपाउदा किताब बेच्न हिड्नु परेको बताउनु भएको छ । कृषी क्षेत्र र किसानका समस्या समाधान गर्न सकिन्छ की भनेर बिरगन्जको थला परेको कृषी औजार कारखानाको जिम्मा लिएको बताउनु भएको छ ।
बाराको निजगढ आई पुगेका पुनले निजगढ उद्योग बाणिज्य संघले आयोजना गरेको सम्मान तथा पुस्तक बितरण कार्यक्रमलाई प्रमुख अतिथिकारुपमा सम्बोधन गर्दै यस्तो कुरा बताउनु भएको हो । नेपालमा तीन करोड जनसख्या रहेकोमा एक प्रतिशत जनसख्याले पुस्तक किनिदिए आफुले शुरु गरेको अभियानले सार्थकता पाउने उनले बताए । २२५ दिन पुस्तक बेच्न थालेको भयो । आजसम्म एक लाख ३५ हजार पुस्तक बेची सकेको उनले बताए ।
उद्योग बाणिज्य संघ निजगढका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुनले किताब बेचेर करिब २० करोड बनाउने र त्यही रकमबाट लामो समयदेखि बन्द रहेको कृषी कारखाना चलाउने आफनो योजना रहेको उनले बताए । साझ ५ बजे निजगढ आएका पुनले करिब ६० किताब बिक्री गरेका थिए ।
देश बिदेशबाट आफुले प्राप्त गरेको पुरस्कार बिक्री गरेर कारखाना चलाउन खोजेपनि बिक्री गर्न नसकेको उहाँले बताउनु भयो । त्यसैगरी आफनो नाममा रहेको एउटा जग्गा बिक्री गरेर भएपनि कारखाना चलाउन खोजेपनि अहिलेसम्म बिक्री भएको छैन । सरकारले नदिएपछि र अन्य उपाय नभएपछि पुस्तक बेचेर बन्द कारखाना चलाउने योजना बनेकाले यस्तो योजना ल्याएको बताउनु भयो ।
आफुले किताब लेख्ने भन्दा पहिलेनै कारखाना चल्ने बनाएपनि सरकारले रकम नदिएपछि सञ्चालनमा आउन नसकेको उहाँले बताउनु भयो । २५ जनाको ईन्जिनियरको टोलीले ११ महिना लगाएर चल्ने बनाएपनि रकम दिने बेलामा नपाएको उहाँको भनाई छ । क्रृणमा रकम लिन भनेपछि सरकारबाट रकमको आस मरेपछि किताब बेच्न थालेको बताउनु भयो ।
किताबमा नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर किताबमा धेरै बिकल्प र सुझाव दिएको बताउनु भएको छ । सरकारले अनुसन्धान र आविस्कारलाई प्राथमिकता दिनु पर्ने भएपनि नभएको बताएका छन । बिकसित देशमा अनुसन्धान र आविस्कारमा ठुलो लगानी हुने गरेको बताउनु भएको छ । अनुसन्धान र आविस्कारलाई प्राथमिकता नदिएसम्म देश विकास हुन नसक्ने उनले बताए ।
कार्यक्रममा पत्रकार जितलाल श्रेष्ठ, उद्योग बाणिज्य संघका पुर्व उपाध्यक्ष ज्ञानेन्द्र चौलागाई, माओवादी नेता रबिराज दङाल लगायतले सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमको स्वागत संघकी उषा थापा र सञ्चालन ईन्दिप कोईरालाले गर्नु भएको थियो । सा. तराई सञ्चार रा. दैनिक