गढीमाई पञ्चबर्षिय मेला सम्बन्धी सुझाव संकलन कार्यक्रम
बारा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बाराको महागढीमाई नगरपालिकामा रहेको गढीमाई पञ्चबर्षिय मेला सम्पन्न गर्न मधेश प्रदेश सरकारले ५० लाख सहयोग गर्ने बताउनु भएको छ ।
महागढीमाई नगरपालिकाले मेला सम्बन्धी सुझाव संकलन गर्नका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री सिंहले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री सिंहले गढीमाई मेलामा सुलभ शौचालय शुद्ध खानेपानी बिजुली बत्ती जडान र बाटो घाटोको मर्मतलाई प्राथमिकताका साथ अगाडी बढाउने मुख्यमन्त्री सिंहले बताउनु भएको छ ।
मुख्यमन्त्री सिंहले भारतबाट मेला भर्न आउने तिर्थालुहरुको सहजताको लागी बन्द रहेका छोटी भन्सार , बोर्डहरु खुल्ला गर्ने तर्फ पहलकदमी लिने प्रतिबद्धता ब्यप्त गर्नु भएको थियो । मुख्यमन्त्री सिहले मेलाका समयमा स्थानीय पालिकाहरुले बिदाको ब्यबस्था गर्दा राम्रो हुने बताउनु भएको छ । मुख्यमन्त्री सिंहले पर्यटनको करिडोर निर्माणमा शौराहालेखि पर्सा निकञ्ज र मधेश प्रदेशमा घुमाउन एक सर्किट निर्माणका पक्षमा आफु लागि रहेको बताउनु भएको छ ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री तिजेन्द्र यादवले मेला लगाउने तर्फ कुनै प्रकारको राजनीती नगर्न आग्रह गर्नु भएको थियो । गढीमाईको मेला बरियारपुर को जनताको मात्र नभई सिङै देशको मेला भएको हुदा सबै राजनैतिक दल सम्बन्धित सबै पक्ष एकै थलोमा उभी मेलालाई सफल पार्न आ–आफ्नो ठाउँबाट सक्रीय भुमिका निर्वाह गर्नका आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले मधेश प्रदेश सरकार मेलामा आवश्यक सबै सशयोग गर्नेमा विश्वस्त हुन आग्रह गर्नु भयो ।
कार्यक्रलाई सम्बोधन गर्दै बारा निर्वाचन क्षेत्र ४ का सघीय सासंद किसान क्षेष्ठले बली प्रथालाई निस्तेज गर्न बाहय शक्तीहरु चलखेल गरिरहेको हुदा बाराबासी सचेत बन्न सबैलाई आग्रह गर्नु भएको थियो । महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले मेलालाई कमजोर पार्न केही ब्यक्तीहरु सक्रीय रहेको बताउदै मेला सफल पार्नका निमित मुख्यरुपमा स्थानीयहरुको भुमिका निकै महत्वपुर्ण भएको बताउनु भयो । उनले जिल्लामा शान्ती सुरक्षा ब्यबस्थापन गर्न स्थानीय प्रशासनलाई आग्रह गर्नु भएको थियो । अशक्त र अपाङ्ग बक्ताजनहरुको लागी दर्शन गर्न सहज प्रबन्ध मिलाउने बताउनु भएको थियो ।
कार्यक्रममा मेलामा कसरी शान्ति सुरक्षा कायम राख्ने बिषयमा बाराका प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा सम्विधान सभा सदस्य शिवचन्द्र कुशवाहाले काम गरी रहेको मेला समिति समेटेर नगरप्रमुखको अगुवाईमा मेला समिति बनाउन आग्रह गर्नु भयो । कार्यक्रममा संबिधानसभा सदस्य रामअयोध्या प्रसाद यादव , मधु शाही, बलवीर चौधरी, जितपुरसिमरा उप–महागरपालिकाका नगरप्रमुख राजन पौडेल, निजग्ढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह, आदर्श कोतवाल गाउपालिकाका प्रमुख जवाहर साह लगाएतकाले आफ्नो शुझाव दिनु भएको थियो । कार्यक्रम महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन पत्रकार लक्ष्मी खरेलले गरेकी थिईन । तराई सञ्चारा रा. दैनिक