सिकेन्द्र पासवान
बारा । संविधान सभा सदस्य सदस्य एवम जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारीणी समिती सदस्य प्रमोद गुप्ता नेपाल सरकार खानेपानी मन्त्रालयको प्रमुख राजनितिक सल्लाहकारमा नियुक्त भएका छन ।
खानेपानी मन्त्री प्रदिप यादवले गुप्तालाई अवैतनिक सल्लाहकार नियुतm गरेको हुन । लोकतान्त्रिक समाजवादी हुदै जनता समाजवादी पार्टीमा लामो समय देखि आवद्ध भई २०६४ सालमा जनता समाजवादी पार्टीकै तर्फबाट संविधान सभामा निर्वाचित भएका थिए गुप्ता ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी वरिष्ठ नेता अशोक राई फुटाएर ७ जना साँसदहरुलाई आफनो पक्षमा लिएको बेला देखि नै गुप्ता न्याँ जसपामा आवद्धता जनाएका थिए ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितको दलहरुको सर्मथनमा कलैया उपमहानगरपालिकामा स्थानीय निर्वाचनमा उपप्रमुख पदमा चुनाव लडेका गुप्ता एमाले पार्टीका रौसन प्रविणसंग पराजित भएको थिए ।