बारा । बाराको महागढीमाई नगरपालिकामा रहेको गढिमाई मन्दिरमा पञ्चबर्षिय मेलाको तयारी तिब्र पारिएको छ । यही आउदो मंसिरमा आयोजना हुन लागेको मेलाको तयारीका लागि एक सय ११ मुल व्यवस्थापन समिति गठन गरिएको छ । यस अघि नगरपालिकाले समिति गठन ऐन समेत जारी गरेको थियो । ऐन कार्वान्वयनसगै अबन गरको माताहातमा मेला समिति बनेको हो ।
मेलालाई सभ्य, भब्य रुपमा मनाउनका लागि समितिको आवश्यकता भए अनुरुप समिति गठन गरी सार्वजनिक गरिएको हो ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा एक सय ११ सदस्यीय समिती गठन भएको हो । समितिको उपाध्यक्षहरुमा मनोज कुमार गुप्ता, रामचन्द्र प्रसाद साह, रामबाबु प्रसाद यादव र कलैश महतो चयन हुनु भएको नव गठित मेला समितिका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ ।
त्यसैगरी समितिको महासचिवहरुमा विरेन्द्र प्रसाद यादव, नरेश प्रसाद जयसवाल, उपेन्द्र प्रसाद गुप्ता, सचिवहरुमा उमरावती देवी लहेरीन, नितु कुमारी गुप्ता र कोषाअध्यक्षमा विरेन्द्र प्रसाद चौरसिया चयन भएका छन ।
समितिको सदस्यहरुमा सबै पार्टीहरुबाट एक एक जना, १६ वटा पालिकाका प्रमुख, उपप्रमुख गरी १ सय ११ सदस्यी समिति चयन गरी सार्वजनिक गरिएको हो ।
नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कलैया उपमहानगरपालिका नगर प्रमुख बिनोद साह, बारागढी गाँउपालिकाका अध्यक्ष अशोक प्रसाद जैसवाल, महागढीमाई नगरपालिकाका मुख्य सल्लाहकार भैयाराम यादव, महागढीमाई नगरपालिकाका उपप्रमुख तारादैवी कानु लगायतकाले सबैलाई समेटेर समिति गठन भएकोमा नगरप्रमुख यादबलाई धन्यवाद समेत दिनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेस मधेस प्रदेशका सभापति यादवले सबैको आस्थाकी देवी गढीमाईको मेला सबैले आआफनो स्थानबाट सहयोग गर्न आग्रह गर्नु भयो ।
नव गठित मुल समितिका पदाअधिकारीहरुलाई खादा माला लगाई अध्यक्ष यादवले समितिको काँधमा ठुलो जिम्मेवारी आएको भन्दै निष्टा पुर्वक बहन गर्न आग्रह समेत गरेका थिए ।
नगरप्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । यस बर्ष मेलामा आउने भतmजनहरुलाई कुनै प्रकारको असुविधा हुन नदिने र घटस्थापनाका दिन शोभायात्रा निकालिने भएकोले सबैको सहभागिताका लागि आग्रह गर्नु भयो ।