भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही कारबाही गर्नुपर्नु पर्दछ ः अध्यक्ष साह 

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 248 - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय
बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशलाई जोगाउनका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही कारबाही गर्नुपर्ने बताएका छन    ।
  बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा बाराको कलैया स्थित गंगापुरमा आयोजित शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै   अध्यक्ष साहले मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुँदै गएकोले मुलुक समृद्ध हुन नसकेको बताउनु भएको हो ।
भ्रष्टाचारीलाई संरक्षण र लुटने काम मात्रै हुने गरेको बताउदै अध्यक्ष साहले  भ्रष्टाचार नियन्त्रण राज्यको पहुँचभन्दा बाहिर गएको र भ्रष्टाचारी, लुटेरा ,अनियमितता गर्नेहरु नै शासन व्यवस्था सञ्चालन गरिरहेको गम्भिर आरोप लगाए ।
‘देशमा भ्रष्टाचार बढ्दै गएका कारण मुलुकमा विकास रोकिएको यथार्थ हामी सामु छ । नेपालको सम्पत्ति लुटेर दिन दहाडै विदेश लगिँदैछ । भ्रष्टाचारको काण्डै काण्डले देश बरबाद हुँदैछ । मुलुकको आर्थिक अवस्था संकटमा छ । सरकारी निकायले भ्रष्टाचारीको अगाडी निरीह छ, केही गर्न सकिरहेको छैन अध्यक्ष साहले बताए ।
  भ्रष्टाचारीलाई कार्यवाही गर्न राज्य सकि रहेको अवस्था छैन त्यसैले  यस्तो अवस्थामा हामी चुप लागेर बस्न मिल्दैन । हामीले मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न आवश्यक छ अध्यक्ष साहले बताए ।
गिरीबन्दु टी–स्टेट देखि लिएर ललिता निवास लगायतका ठाउँमा ठुला भनिएकाहरूकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भएको छ । तर त्यस्तालाई कारबाही गर्नुको साटो पुरस्कृत गर्ने अवस्थाको अन्त्य आवश्यक रहेको साहको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको बताउँदै साहले अहिले सरकारमै भ्रष्टहरूको बाहुल्यता भएको टिप्पणी गरे । उनले सबै भ्रष्टाचारीहरुलाई कारवाही कहिले हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न समेत गरेका छन् ।
विदेश गइरहेका युवालाई नेपालमै रोजगार दिनुको साटो ती सोझासाझा युवाबाट लाखौँ रकम लिएर विदेश पठाउने काम सरकारी निकायबाटै भइरहेको आरोप लगाउँदै स्वदेशमै रोजगारी दिनुपर्ने सरकार देशलाई उजाड बनाइरहेको अध्यक्ष साहले जानकारी गराए ।
  फरक प्रसंगमा प्ुार्व मन्त्री समेत रहनु भएको साहले  कलैयाको बिकासमा सरकारले ध्यान नदिएको गुनासो गर्दै  हुलाकी राजमार्ग अन्तरगतको पिलुवा–कलैया–मटिअर्वा सडक अन्तरगतको कलैयामा ३ किलोमिटर सडक कालोपत्रे कहिले हुने भन्दै   सरकारको ध्यानआर्कषण गराएका थिए ।
यस क्षेत्रबाट प्रदेश र संघमा एमालेकै नेता बिजयी भएको र केन्द्रमा एमालेकैै अध्यक्ष ओली प्रधानमन्त्री भएको तर पनि कलैयाको सडक कालोपत्रे गर्नमा किन ढिलाई भएको भनेर जनता जान्न चाहेको बताए   ।
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रसंग जोडिएको बीरगंज, कलैया, गढीमाई, सिम्रौनगढ हुदै पुर्वपश्चिम रहेको हुलाकी राजमार्गलाई कम्तीमा पनि छौं लेनको बनाउँन आवश्यक रहेको बताउँदै आजपा अध्यक्ष साहले जनस्तरबाटै सरकारलाई दबाब दिनुपर्ने उनले बताए   ।
आम बिद्यार्थी मोर्चाका बारा अध्यक्ष कृष्ण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका बरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, अशोक राई नेतृत्वको जसपाका नेता एंव संबिधान सभा सदस्य प्रमोद गुप्ता, जसपाकै नेता एंव मधेस प्रदेश सभाका पुर्व बिधायक पारस साह, नेकापा (माओबादी केन्द्र) कलैया नगर कमिटी अध्यक्ष मुकेश साह आजापा सचीव उमेश कुशवाहा, जनमत पार्टी बारा ईन्चार्ज शिवनाथ पटेल लगायतकाले शुभकामना अदान प्रदान गरेका थिए  । साभार ः तराई सञ्चार राष्ट्रिय दैनिक
ट्याग्स :
शेयर
प्रतिक्रिया
Skip to content