निजगढ । निजगढ नगरपालिका वडा नम्बर १० को वडा कार्यालय एक समारोहबिच उद्धाटन गरिएको छ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले वडा कार्यालय भवनको ब्यानर खालेर र वडा कार्यालय परिसरमा रोपिएको लिचीको बिरुवामा पानी हालेर कार्यालयको उद्धघाटन गर्नुभएको हो ।
उद्धघाटन गर्दै नगर प्रमुख पुरीले गणतन्त्र स्थापना पछि देश विकासमा धेरै काम भएको बताउदै लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था नै नेपाल र नेपाली जनताको हितमा रहेको बताउनुभयो । उहाँले वडा कार्यालयको भवन पछि स्थानीय जनताको काममा सहजता ल्याउने समेत बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले वडा कार्यालयको नयाँ भवनको उद्धघाटन भएपछि वडा कार्यालयले प्रदान गर्दै आएको सेवा थप प्रभावकारी हुने बताउनुभयो । उहाँले वडा कार्यालयको भवनमा थप तला र कोठा निर्माण गर्न नगरपालिका कार्यालयले आगामी दिनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना लगायतले शुभकामना दिनु भएको थियो ।
त्यस्तै वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना लगायतको उपस्थिति रहेको कार्यक्रममा जग्गा दाता स्थानीय लोकबहादुर कार्की र पुनमाया श्रेष्ठलाई नगर प्रमुख पुरीले दोसल्ला ओडाएर र सम्मान पत्रले सम्मानित समेत गर्नुभएको थियो ।
२ कठ्ठा जमिनमा निजगढ नगरपालिकाको सहयोगमा सो भवन निर्माण भएको हो । कार्की र श्रेष्ठले करिव ५० लाख मूल्यको एक÷एक कठ्ठा जमिन वडा कार्यालयलाई भवन निर्माणका लागि दान गर्नुभएको थियो ।
३७ लाख रुपैया लागतमा निर्माण भएको सो भवनमा एउटा हल कोठा सहित ४ वटा कोठा रहेका छन । वडा कार्यालय सचिव भगवती रिमालले संचालन गरेको सो कार्यक्रममा वडा सदस्य कुमार मोक्तानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । भवन निर्माणपछि भाडाको घरमा संचालन हुदै आएको वडा कार्यालय अब आफ्नै भवनबाट संचालन हुने छ । साभार ः तराई सञ्चार राष्ट्रिय दैनिक