राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परे

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 245 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट केन्‍द्रीय अनुसन्धान ब्युरो सिआइबीक सिआइबीका एसपी होबिन्द्र बोगटी टोलीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो। उनी नेतृत्वको टोलीले स्थलमार्गबाट पोखरा लैजाने तयारी छ।

जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको हो।

सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो। प्रतिवेदनअनुसार विभिन्न सहकारीका रकम गोर्खा मिडियामा आएको थियो। गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक लामिछाने थिए।

गृहमन्त्री रमेश लेखकले गत असोज ६ गते सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद लामिछानेसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी बचत पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिएपछि कास्की प्रहरीले पनि काठमाडौ पुगेर उनीसँग बयान लिएका थियो।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले जनाएको छ। बचत अपचलन गर्दा सहकारीले कानुनविपरीत गैरसदस्यलाई ऋण दिएको, कम्पनीमा लगानी गरेको लगायत निष्कर्ष निकालेको छ।

शेयर
प्रतिक्रिया
Skip to content