सिमरा । प्रतिबन्धित लागु औषधी सहित बाराबाट १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको धोरे गाउँपालीका वडा नं १ का नितिन्द्र सगुनी रहेका छन् । जीतपुर सिमरा उपमहानगरपालीका वडा न। ७ जीतपुरमा हेटौँडा जानका लागि बस पर्खेर बसेका उनलाई शंका लागेर चेक–जाँच गर्दा ५ सय ५० पिस लागु औषध कोरेक्ससहित उनलाई पक्राउ गरेको हो । शशस्त्र प्रहरीले पक्राउ गरेका सगुनीलाई बरामद गरीएको लागु औषध कोरेक्ससहित ईलाका प्रहरी कार्यलय जीतपुर बुझाईएको शशस्त्र प्रहरीका निरीक्षक प्रकाश विक्रम कार्कीले बताउनु भयो ।