क्याम्पस प्रमुख हत्याका मुख्य अभियुक्त कुश्वाहा पक्राउ हत्याको कारण जग्गा बिवाद, आर्थिक लेनदेन र घरायसी रिसिबी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 118 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । बारा प्रहरीले कलैया बाराका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्याका मुख्य अभियुक्तलाई झण्डै ६ महिनापछी पक्राउ गरी सार्वजनिक गरेको छ ।

हत्याको चौतर्फी बिरोध हुदै लामो समय आन्दोलन समेत हुदै आएको घटनाका मुख्य अभियुक्त बारा आदर्शकोतवाल गाँउपालिका वडा नं. २ घर भएका बिगु महतो कोईरीको छोरा नेपाली सेनाका भगौडा तथा गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभुमि भएका बर्ष ४१ को सुरेन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरी प्रहरीले आज सार्बजनिक गरेको हो ।

२०८१ जेष्ठ ३२ गते शुक्रबारका दिन क्याम्पस प्रमुख कुशवाहालाई जिल्ला बारा आदर्शकोतवाल गाउपालिका वडा नं. २ खजुरीया भन्ने ठाउँमा निजको आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा साझँ गोली हानी हत्या भएको थियो । हत्यामा सुरेन्द्र सहित १७ जना ब्यक्तीहरू एकिकृत भई क्याम्पस प्रमुखको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । अनुसन्धानबाट हत्याको कारण जग्गा बिवाद, आर्थिक लेनदेन र घरायसी रिसिबीका रहेको प्रहरी बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनु भएको छ ।

घटनामा पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेको छन भने आठ जना पुर्पक्षको लागि कारागार चलान भईसकेका छन ।

घटनामा प्रयोग भएको हतियार पेस्तोल थान–२, गोली थान–७ राउण्ड, मोटरसाईकल थान – ४, मोबाईल थान ४ थान, ल्यापटप थान २, सिम कार्ड थान ७ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख कुश्वाहाको हत्या गरी फरार हुदै आएका सुरेन्द्रलाई प्रहरीले मोस्ट वान्टेड सुचीमा राखेर खोजी गर्दै आएको थियो । सुरेन्द्रलाई विराटनगरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तहरुलाई ज्यान सम्बन्धि र हातहतियार खरखजाना सम्बन्धि कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको उपरिक्षक खड्काले बताउनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content