प्रेस काउन्सिलको भुमिका बढेको छ – खड्का

तराइ संचार
तराइ संचार 1.4k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपालको मिडियामा देखिएको समस्या समाधानका बारेमा प्रेस काउन्सिल नेपालले पछिलो समय आफ्नो भुमिका बढाउदै लगेको प्रेस काउन्सिल नेपालका सदस्य संगिता खड्काले बताउनु भएको छ । आचार संहिता पालना नगर्ने र संचार जगतलाई बदनाम गराउने मिडियालाई सचेत गराई जिम्मेवार बनाउने काम भईरहेको उहाँले बताउनु भयो ।
बाराको सिमरामा पत्रकार अचारसंंहिता र लैङ्गिक हिंंसा निवारणमा मिडियाको भूमिका विषयक अन्तरकृया कार्यक्रममा खड्काले सो कुरा बताउनु भएको हो । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ बाराको संंयोजनामा कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा पत्रकारहरुले पालना गर्नुपर्ने अचारसंहिताका साथै लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका महत्वपुर्ण रहेको उहाँले बताउनु भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का प्रदेश सचिव गुरुप्रसाद गौतमले लैगिङ हिंसा न्युनिकरणमा मिडियाको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो । कार्यक्रममा प्रेस संगठन नेपाल बागमती प्रदेशका सह संयोजक सुनिल खड्का, बाराका अग्रज पत्रकार रेशम तिवारी र उपेन्द्र ठाकुरले युटुबरले पत्रकारिता क्षेत्रलाई बदनाम गरेको प्रति काउन्सिलको ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल पत्रकार महासंघ बाराका सचिव गणेश रिजालको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका विष्णु लम्साल, सम्झना पौडेल लगाएतको सहभागिता रहेको थियो । भने कार्यक्रमलाई अनिल तिवारीले सहजीकरण गर्नुभएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content