निजगढ । निजगढ नगरपालिकाको आयोजनामा राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बिहीवारबाट भब्यरुपमा शुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य मिना लामाले प्रतियोगिताको उद्धघाटन गर्दै खेल क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनु भएको छ । लामाले खेलको माध्यमले स्वस्थ्य बन्न र पालिका देशको नाम उच्च राख्न सकिने भएकोले लगानी बढाउनु पर्ने बताउनु भएको हो ।
सभासद लामाले सटफुट फालेर प्रतियोगिताको उद्धघाटन गर्नुभएको थियो । नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, गौरीशंकर मा.वि निजगढ ६ का प्र.अ यादवकुमार तिमल्सिना, सार्वजनिक मा.वि.का प्र.अ हस्त बहादुर लामा लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले प्रतियोगिता सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख पुरीले खेल क्षेत्रमा विस्तारै फड्को मार्दै गएको बताउनु भएको छ । नगर खेलकुद विकार समिति ऐन तथा कानुन बनेकाले खेलको अबको विकासमा कुनै अबरोध नहुने बताउदै बिद्याालयस्तरबाटै खेलको बिकासका लागि सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।
शहिद हिरालाल स्मृति रंगशालामा शुरु भएको प्रतियोगिता अन्तर्गत बिहीबार ३ वटा खेलको प्रतिस्पर्धामा निजगढ ५ स्थित गौरीशंकर मा.वि सडकटोलले २ खेलमा पहिलो स्थान हासिल गरेको छ । निजगढ ८ को गौरीशंकर मा.वि.ले एउटा खेलको उपाधि जितेको छ ।
गौरीशंकर मा.वि.सडकटोलले छात्र र छात्रातर्फको सटपुटको स्पर्धामा स्वर्ण पदक जितेको हो । गौरीशंकरका अरुण घिमिरे पुरुषतर्फ र अरुणिमा घिमिरे महिला तर्फको प्रतिस्पर्धामा विजयी भएकी हुन ।
त्यसैगरी गौरीशंकर मा.वि निजगढ ८ ले छात्रातर्फ ८०० मिटर दौडमा पहिलो र दोस्रो दुबै पदक जितेको छ । कुशुम पण्डितले स्वर्ण पदक हात पार्दा सोही विद्यालयकी बबिता साहले कास्य पदक जितेकी छिन । प्रतियोगितामा एथलेटिक्सका विभिन्न विधा सहित भलिबल, कवडी, तेक्वाण्डो खेल समावेश छन् ।
विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने
यसैगरी निजगढ,निजगढ नगरपालिकाले एन्फा एकेडेमीका फुटबल प्रशिक्षार्थी विकल रेग्मीको सम्झनामा विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

निजगढ नगरपालिकामा मंगलवार बसेको नगर खेलकुद विकास समितिको बैठकले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी खोलाको पहिरोमा परी ज्यान गुमाएका प्रशिक्षार्थी निजगढ नगरपालिका–८ का रेग्मीको सम्झनामा विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।
यस अघिनै नगरप्रमुख सुरथ पुरीले प्रतियोगिता गर्ने घोषणा गर्नु भएको थियो । विकलको निधनले निजगढ नगरपालिका र राष्ट्रले नै ठुलो क्षति व्यहोरेको प्रमुख पुरीले बताउदै प्रतियोगिताको लागि बजेट कम हुन नदिने बताउनु भएको थियो ।
नगर खेलकुद विकास समितिले समेत उनको सम्झनामा हरेक वर्ष विकल स्मृति जुनियर फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित वात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले सञ्चालन गरेको आवासीय एकेडेमीका प्रशिक्षार्थी खेलाडी विकलको पहिरोमा परी ज्यान गएको थियो । उनी बाराको निजगढ नगरपालिका– ८ निवासी जयन्त रेग्मी र कमला रेग्मीका छोरा हुन् ।