सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाको परिक्षामा गणित बिषयको परिक्षाफल सोचे जस्तो नआए पछि जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा गणित बिषय पढाउने शिक्षकहरुको क्षमता बिकाश गर्न तालिम संचालनमा ल्याएको छ ।
शुक्रबार देखि सञ्चालनमा आएको जीतपुरसिमरा उपमहानगरपालिकाले आधारभुत तहमा गणित बिषय शिक्षण गर्ने पाँच दिने क्षमता बिकाश तालिम औपचारिक रुपमा सुरु गरेको हो ।

तालिम उद्घघाटन पछि बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले तालिमले विद्यार्थीको रुची अनुसार कसरी पढाउने, प्रविधीको प्रयोग र शैक्षिक सामाग्रीको प्रयोग बारे तालिमले सीप प्रदान गर्ने बताउनु भएको छ ।
गणितप्रति बिद्यार्थीहरुमा देखिएको त्रासलाई कम गर्न शिक्षणका परम्परागत विधिहरुको प्रयोगलाई हटाई रोचक, नविनतम् विधि एवम् प्रविधिहरुको प्रयोगमा जोड दिन आबश्यक भएको नगरप्रमुख पौडेलले बताए । गणित बिषयमा शिक्षक र विद्यार्थिको क्षमता अभिबृदी गर्न शिक्षण गराउने उद्देश्यले तालिमको आयोजना गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शिवजी प्रसादले बताउनु भएको छ ।
सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सुरु भएको तालिम मंगलबार सम्म संचालन हुने छ । उपमहानगर भित्रका सामुदायिक विद्यालयमा कार्यरत रहेका गणित बिषयका शिक्षकहरुलाई बाहिर बाट बोलाइएका तीन जना दक्ष तथा अनुभवी प्रशिक्षकहरुले तालिम दिने कार्यतालिका छ । तालिममा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ५४ वटा सामुदायिक विद्यालयका ७३ जना गणीत शिक्षकहरुको सहभागिता रहेको छ ।
कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयका शिक्षकहरुको एउटा समूह र कक्षा ६ देखि ८ सम्म पढाई हुने विद्यालयका शिक्षकहरुको अर्को समूह बनाएर प्रशिक्षण दिने व्यवस्था मिलाईएको उपमहानगरका शिक्षा अधिकृत हरिश प्रसाद भट्टले जानकारी दिए ।
उक्त तालिम उद्घघाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाका योजना आयोग सदस्य शैलेन्द्र झा, उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद, हरिश भट्ट, नेरामावि सिमराका प्रधानाध्यापक शंकर आचार्य लगायतको सहभागिता रहेको थियो ।