सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना स्थित एक गलैँचा उद्योगबाट आठ जना बाल श्रमिकको उद्दार गरिएको छ ।
उपमहानगरपालिका, श्रम तथा रोजगार कार्यालय वीरगन्ज र बाल हेल्पलाईन मकवानपुरको संयुक्त टोलिले अनुगमन गर्दै सुष्मा गलैँचा उद्योगमा काम गरिरहेका बाल श्रमिकलाई उद्दार गरेको हो ।
उद्धार गरिएका बाल श्रमिक १८ वर्ष मुनिका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाका अधिकृत रमेश सुवेदीका अनुसार बारा निजगढ नगरपालिकाका पाँच र मकवानपुर राक्सिराङ्ग गाउँपालिकाका तीन जना बालबालिका छन् ।
उद्दार गरिएका बालबालिकालाई बाल हेल्पलाईन मकवानपुरमा बुझाइएको छ । बाल हेल्पलाईनले ती बालबालिकालाई अभिभावकको जिम्मा लगाउने अधिकृत सुवेदीले जानकारी दिए ।