तेश्रो मधेश प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता शुरु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 87 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको निजगढमा आजदेखि तेश्रो मधेश प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा आयोजक निजगढ सहित मधेश प्रदेशका ६ जिल्लाका ९ वटा टिमका करिब १५० खेलाडी सहभागी भएका छन ।


१६ तौल समुहमा भएको प्रतियोगितामा आज छ तौलको प्रतियोगिता सम्पन्न भएको छ । जनज्योति आधारभूत तेक्वान्दो डोजाङ निजगढ–९ को आयोजना तथा निजगढ नगरपालिका र वडा नं. ९ को आर्थिक सहयोगमा शुरु भएको प्रतियोगिताको उद्धघाटन निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले गर्नु भएको हो । प्रतियोगिताको उद्धघाटन गर्दै नगरप्रमुख पुरीले खेलको विकासमा नगरले सक्दो सहयोग गरी रहेको बताउनु भएको छ । उहाँले खेलको विकासमा सबैको सहयोग आवश्यक हुने बताउनु भएको छ ।

डोजाङ प्रमुख राजु माझीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ९ का कार्यवाहक वडाअध्यक्ष बबिता श्रेष्ठ लगायतले शुभकामना ब्यप्त गरेका थिए । प्रतियोगितामा बारा जिल्ला तेक्वान्दो संघका अध्यक्ष चित्र बहादुर लामा, खेलकुद विकास समिति बाराका प्रमुख हेमलाल श्रेष्ठ, तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतम, वडा नं. १ का वडाअध्यक्ष मंगले लोप्चन लगायतको सहभागिता रहेको थियो ।


प्रतियोगिता अन्र्तगत आज सम्पन्न ६ तौल समुहमा आयोजक अगाडि देखिएको छ । पुरुष २० किलो तौल समुह र महिला २७ किलोमा आयोजक प्रथम भएको हो । पुरुष २० किलो तौल समुहमा प्रतिक अधिकारी र महिला २७ किलोमा रजिना आले मगर प्रथम भएका हुन ।

त्यस्तै पुरुष ३५ किलोमा महोत्तरीको प्रिया तेक्वान्दो डोजाङका अमन मिश्रा , पुरुष २५ किलोमा निजगढको नेरामाविका निरज जिम्बा, महिला २४ किलो तौल समुहमा नमुना माविका निशा श्रेष्ठ र महिला ३० किलो तौल समुहमा प्रिन्स साही ठकुरी प्रथम हुन सफल भएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content