सेवा सुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले १४ औं साधारणसभा सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 130 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको निजगढ ९ मा रहेको सेवा सुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले १४ औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष मणिश्वर घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य मिना लामाले उद्धघाटन गर्दै सहकारीका माध्यमले निम्न बर्गको आबश्यकता सहजै पुरा हुन पाएको बताउनु भएको छ । साधारणसभामा अध्यक्ष घिमिरेले पेस गरेको संस्थाको प्रगति प्रतिवेदन र व्यवस्थापक विवेक कुमार ठाकुरले संस्थाको आर्थिक कारोबार सम्बन्धि प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको थियो ।

संस्थाले साविक निजगढ गाविसका अध्यक्ष एंवम समाजसेवी स्वर्गीय नन्दीकेशर न्यौपानेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य मिना लामाले नन्दीकेशरकी धर्मपत्नी सुभद्रा न्यापानेलाई सो अवार्ड प्रदान गरेकी थिइन ।

संस्थाले निजगढको सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउदै आएका महानुभावहरु मध्ये एकजनालाई वर्ष ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गर्दै आएको छ । कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी समिर तामाङ्गलाई प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।

त्यसैगरी साधारण सभाको अवसरमा २०७९ सालको प्लस टु परीक्षामा शेयर सदस्य घर परिवारका सदस्यबाट सर्वोत्कृष्ट अंक ल्याइ उतीर्ण हुने २ जना छात्रछात्रालाई ‘सेवा शुभारम्भ छात्रवृत्ति’ पुरस्कारबाट पनि सम्मानित गरिएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content