सुवर्ण गाँउपालिकाका लेखापाल प्रिन्स साहको मनपरी, कमिशन माग्नेदेखि, कार्यालयमै नबस्ने गरेको आरोप

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 151 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । बारा जिल्लाको सिमावर्ति गाँउपालिका सुवर्ण गाँउपालिकाका लेखापाल प्रिन्स साह गाँउपालिका बस्नै छाडेका छन । लेखापाल साहको मनपरी पालिकामा नबस्ने गरेका कारण आफुहरुले हरेका काम गर्न दुःख पाउने गरेको स्थानीयको आरोप छ ।

आफु अनुकुल पालिकाको काम कलैया डेराबाटै सिमित मानिसहरुबाट गर्ने गरेको सामान्य जनताको काम भने लेखापाल कार्यालयमा नबस्ने गरेकाले आफुहरुले दुःख पाउने गरेको नाम नबताउने एक कर्मचारीले बताए ।

यतिखेर पालिकाको अनगिन्ती काम रोकिएर बसेको भएपनि लेखापाल साह कार्यालय नआउदा नगरप्रमुख र जनप्रतिनिधिहरु समेत आजित भई सकेको बताईएको छ । त्यसो त लेखापाल साहले हरेक योजना र भुक्तानी हुने बिलमा कमिशन माग्ने गरेकोले तोक आदेश भएर आएको काम समेत लेखापाल साहले कमिशन नपाउने भएपछि नगर्ने गरेको स्थानीयको आरोप छ ।

लेखापाल साहको मनपरी तन्त्र र हरेक काममा कमिशन माग्ने गरेका बारेमा जानकारी लिन साहले प्रयोग गर्ने कार्यालयको मोबाईल ९८५५०४९०३४ मा सम्पर्क गर्न खोज्दा स्विच अफ रहेको छ ।

लामो समयदेखि लेखापाल साहले काम नगर्ने, पालिका नआउने र जनतालाई दुख दिने गरेको बिषयमा पालिकाप्रमुख राजेश यादबलाई पटक पटक स्थानीयले गुनासो गरेको बताईएको छ । लेखापाल साहको बारेमा स्थानीयबाट गुनासो आउने गरेको स्वीकार्दै समस्या समाधान गर्न पहल गरी रहेको प्रमुख यादबले जानकारी दिनु भएको छ ।

काम नै नभएको धेरै काम लेखापाल साह समेतको मिलोमतोमा भुक्तानी गरेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ । सा.तराई सञ्चार रा.दै.

शेयर
प्रतिक्रिया
Skip to content