सार्वजनिक बिद्यालयको ६० औ हिरक जयन्ती,तराई मधेश द्रुतमार्गले देश विकासमा टेवा पुग्छ–रक्षा मन्त्री मानविर राई भिडियो सहित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 176 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । रक्षा मन्त्री मानविर राईले राष्ट्रिय गौरवको आयोजना तराई मधेश द्रुतमार्गले देश विकासमा ठुलो टेवा पुग्ने बताउनु भएको छ । द्रुतमार्गले राजधानीसगको दुरी कम गरी तराईका उत्पादन सहज राजधानी पुराउन सकिने बताउनु भएको हो ।

बाराको निजगढस्थित सार्वजनिक माध्यामिक प्राबिधिक बिद्यालयको ६० औ हिरक जन्मजयन्तीका प्रमुख अतिथि मन्त्री राईले द्रुतमार्ग बनाउने क्रममा बिगारेको संरचना द्रुतमार्ग आयोजनालेनै बनाउने बताउनु भएको छ । तराई मधेश मात्र नभएर नेपालको ७७ जिल्लालाईनै द्रुतमार्ग आयोजनाले उत्पादन र ब्यापार सहज बनाउने समेत बताउनु भएको छ ।

हवाई मार्गबाट द्रुतमार्ग निरिक्षण गरेपनि स्थलमार्गबाट नहेरेकोले स्थलगत निरिक्षणमा आएको रक्षा मन्त्री राईले बताउनु भयो । स्थलगत निरिक्षणका क्रममा जनताबाट आएका सुझाब बारे प्रधानमन्त्रीसगको छलफल गरी समाधान गर्ने उहाँले बताउनु भयो । मन्त्री राईले यस बिद्यालयमा नेपाली सेनाको बिभिन्न कवाज तालिम माग गरे सहयोग गर्ने बताउनु भएको छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री राईले यो सरकार बन्नुको पछाडी देशमा भएको बिकृति बिसङगति अन्त्य गर्न बनेको बताउनु भएको छ । देशको स्थिरताका लागि बिकास निर्माणका लागि स्थिर सरकार बन्न आवश्यक रहेको बताउनु भएको छ । मन्त्री राई बिद्यालयको कार्यक्रम पछि द्रुतमार्गको निरिक्षण गर्नु भएको छ ।

सार्वजनिक माध्यामिक प्राबिधिक बिद्यालयको ६० औ हिरक जन्मजयन्ती कार्यक्रमका बिशिष्ट अतिथि बारा क्षेत्र नं. १ का प्रतिनिधि सभाका सदस्य अच्युत मैनालीले शिक्षा नियमावली आउने चरणमा रहेको बताउनु भएको छ । मैनालीले निजी भन्दा सार्वजनिक बिद्यालयहरु महगो बन्न थालेको बताउदै माध्यमिक तहसम्म निशुल्क हुनु पर्ने बताउनु भयो ।

बिद्यालयमा पर्याप्त साधन स्रोत उपलब्ध हुनु आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रममा पुर्व नगरप्रमुख सुरेश खनालले शिक्षामा पनि सिमा निर्धारण गर्न आबश्यक रहेको बताउनु भएको छ । उहाँले दु्रतमार्गमा काम ढिला भईरहेको बताउनु भयो । कार्यक्रममा पुर्व बिद्यार्थि बुद्धीमान स्याङतान, भोला गौतम लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, रक्षा मन्त्रालयका सह सचिब ईन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिद्यालयका पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक, पुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबम सदस्य लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो । दुई दिनसम्म सञ्चालन गर्न लागिएको हिरक महोत्सवमा सम्मान लगायत बिबिध कार्यक्रम भोली पुन १० बजेदेखि शुरु हुने बिद्यालयका प्रधानाध्यापक हस्त बहादुर लामाले बताउनु भएको छ ।

कार्यक्रममा शिक्षक शिक्षिका, बिद्यार्थिहरुले सागेतिक कार्यक्रम प्रस्तुत गरेका थिए । समारोहमा बिद्यार्थिहरुले बिज्ञान प्रदर्शनी समेत गरेका थिए । तराई सञ्चार राष्ट्रिय दैनिक

 

शेयर
प्रतिक्रिया
Skip to content