आज बिहान करिव ६ बजेर ५० मिनेट जाँदा भूकम्पको महसुस, ७ रेक्टर स्केलको भूकम्प,क्षतिका विवरण प्राप्त हुन बाँकी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 138 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । काठमाडौँ उपत्यकासहित आसपास, बारा पर्सा लगायत तराइ एवं पूर्वी जिल्लामा महसुस हुने गरी केन्द्रविन्दु नेपाल र चीन तिब्बतको सीमा क्षेत्र बनाई सात म्याग्निच्युड भुकम्प गएको छ ।

आज बिहान करिव ६ बजेर ५० मिनेट जाँदा भूकम्पको महसुस गरिएको थियो । प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले ६.८ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ भने युएसजीएसले सात दशमलब एक म्याग्निच्युड मापन गरेको उल्लेख गरेको छ ।

प्रारम्भिक अनुमान अनुसार भूकम्पको इपिसेन्टर १० किलोमिटर मात्रै गहिराइ रहेको जनाइएको छ । तिब्बत र नेपालको सीमामा ७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको केन्द्र डिंगे कान्टी नेपालको पूर्वी पहाड नजिकै पर्छ। त्यसैले भूकम्पको प्रभाव पनि पूर्वी नेपालमा बढी परेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पको धक्का महसुस गरेपछि मानिसहरू घर बाहिरसमेत निस्किएका थिए। कम्पन केही बेर महसुस गरिएको थियो।

अमेरिकाको भू(गर्भ संस्था यूएसजीसीले ७।१ र ५।२ रेक्टरका दुई वटा भूकम्प गएको बताएको छ । भूकम्पको केन्द्रबिन्दु नेपालको सोलुखुम्बुको लोबुछे क्षेत्रबाट क्रमसश ९३ र ५२ किलोमिटर उत्तरपूर्व तिब्बतमा रहेको उल्लेख छ ।

भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए । यससँग नजिकका नेपालका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेका छन् । ती जिल्लामा भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्स्पेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए(नभएको बारेमा बुझ्ने काम भइरहेको बताए ।

शेयर
प्रतिक्रिया
Skip to content