४०० बढीलाई सम्मान गर्दै सकियो सार्वजनिक माध्यामिक प्राबिधिक बिद्यालयको हिरक जयन्ती

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 195 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको निजगढस्थित सार्वजनिक माध्यामिक प्राबिधिक बिद्यालयको ६० औ हिरक जन्मजयन्ती बिद्यालयमा योगदान पुराएका ४०० बढीलाई सम्मान र सास्कृतिक बिबिध कार्यक्रम गरी भब्यरुपमा सम्पन्न भएको छ ।

दुई दिन गरी मनाईएको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथिमा रक्षा मन्त्री मानविर राई थिए भने दोश्रो दिनका प्रमुख अतिथि नगरप्रमुख सुरथ पुरी रहेका थिए । कार्यक्रममा संघिय सासद बारा क्षेत्र नं. १ का अच्युत मैनाली, प्रदेश सभासद मिना लामा, पुर्व नगरप्रमुख सुरेश खनाल, प्रा.डा. धु्रव घिमिरे, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष बुद्धिमान सिङ्गतान लगायतले सम्बोधन गरेका थिए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा दुई दिनसम्म सञ्चालन भएको हीरक जयन्ती समारोहको दोस्रो दिनको कार्यक्रमलाई निजगढ नगरपालिकाका मेयर सूरथ पुरीले सम्बोधन गरेका छन् । नगरप्रमुख पुरीले हिरक स्तम्भ बनाउन नगरपालिकाले सहयोग तथा आफना पिता चुडानाथ पुरीको स्मृतिमा एक जना विद्यार्थीको कक्षा १ देखि १२ सम्मको पूर्ण अभिभावकत्व ग्रहण गर्ने घोषणा समेत गर्नुभएको छ ।

व्यवस्थापन समितिका अध्यक्ष गौतमले बिद्यालयलाई प्राज्ञिक थलो बनाउने उद्धेश्यले कार्यक्रम गरेकाले सबैलाई बोल्न दिन नसकिएको बताउनु भयो । विभिन्न क्षेत्रमा पहिचान स्थापित गरेका पूर्व विद्यार्थीलाई हीरक जयन्तीमा आमन्त्रण गरेर नयाँ पुस्तालाई देशभित्रै स्थापित गर्न यो कार्यक्रमले प्रेरित गरेको गौतमले बताएका छन् ।

सार्वजनिक बिद्यालयको ६० औ हिरक जयन्ती,तराई मधेश द्रुतमार्गले देश विकासमा टेवा पुग्छ–रक्षा मन्त्री मानविर राई भिडियो सहित

विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले आगामी शैक्षिक सत्रबाट बालबालिकाको लागि विद्यालय बस सञ्चालन गर्ने कार्यक्रम रहेकोले बिद्यालय पठाउन अभिभावकहरुलाई अझै सहयोग पुग्ने बताउनु भएको छ ।

सार्वजनिक माबिको हिरक जयन्ती मनाउने तयारी पुरा

कार्यक्रममा हीरक जयन्तीको अवसरमा दिर्घ सेवा सम्मानबाट विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, शिक्षक भोलाप्रसाद चौलागाई र लेखापाल नवराज प्रसाद गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षकहरुको मनोबल अझै उच्च राखी अझै परिणाम ल्याउने उद्धेश्यले विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई हीरक सम्मान पत्र प्रदान गरिएको छ । विशेष शिक्षक सम्मान अन्तर्गत सक्रिय शिक्षकतर्फ राजन प्रसाद पोखरेल, आदर्शतर्फ मिलन लामा, उत्कृष्ट वर्ष शिक्षक सम्मान कृष्ण थिङलाई प्रदान गरी रु तीन हजार पाँच बाट सम्मान गरिएको थियो ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गोल्ड मेडल विजेता ११ जना खेलाडीलाई विद्यालयले जनही एक हजार पाँच सय सहित सम्मान गरिएको छ । लाल सुन अक्षय कोषबाट विपन्न, असहाय तथा जेहेन्दार दुई जनालाई बिद्यार्थिलाई जनही चार हजार पाँच सयका दरले छात्रबृति प्रदान गरिएको छ ।
जगन्नाथ चन्द्रकला स्मृति अक्षय कोष र बृहद छात्रबृति अक्षय कोषबाट कक्षा नसर्रीदेखि कक्षा ११ सम्मका प्रथम, द्धितीय र तृतीय विद्यार्थीलाई पाँच सय, चार सय र तीन सयका दरले पुरस्कार वितरण गरिएको थियो ।

 

त्यस्तै रविन सुवेदीको तर्फबाट एसईई परीक्षा २०८१ का उत्कृष्ट एक जना विद्यार्थीलाई पाँच हजार पाँच सय ५५ रुपैँया पुरस्कार प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमद्धारा बासुदेव मनमाई अक्षय कोषबाट कक्षा १२ का दुई जना उत्कृष्ट विद्यार्थीलाई जनही चार हजार पाँच रुपैँया पुरस्कार प्रदान गरिएको छ । सिताहरी प्रतिष्ठान काठमाण्डौं मार्फत नविन गौतम र विनय गौतमबाट एसईई परीक्षामा उत्कृष्ट भएक एक–एक जना छात्रछात्रालाई जनही पाँच हजार पाँच सय ५५ रुपैँया पुरस्कार प्रदान गरिएको छ ।

हीरक जयन्तीको अवसरमा सञ्चालित खेलकुद तथा विविध विद्यामा मेडल तथा सम्मान प्रदान गरिएको छ । कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, वडा नं. ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा, अ‍ैचोपौचो साकोसका अध्यक्ष नारायणप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण भोलाप्रसाद चौलागाई, रमेश तिमल्सिना र रचना शर्माले गरेका थिए । कार्यक्रममा उपप्रमुख सोममाया थि«ङ लगायतले सम्मान पत्र बितरण गर्नु भएको थियो ।

कार्यक्रममा अन्तराष्ट्रियरुपमा पदक ल्याउन सफल बिद्यालयका तेक्वान्दो खेलाडी यान कुमारी चौलागाई, रक्षा मन्त्रालयमा कार्यरत सहसचिब ईन्द गौतम, डाक्टर, बिद्यालयबाट स्नाकोत्तर गरेका बिद्यार्थि, बिद्यालयका पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक, पुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबम सदस्य लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो । हिरक महोत्सवमा सम्मान लगायत बिबिध कार्यक्रम कार्यक्रममा शिक्षक शिक्षिका, बिद्यार्थिहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । समारोहमा बिद्यार्थिहरुले बिज्ञान प्रदर्शनी गर्नुका साथै फुड स्टल समेत सञ्चालन गरेका थिए ।

 

 

शेयर
प्रतिक्रिया
Skip to content