आजदेखि जीतपुरसिमरा उपमहानगरले घरटहरा हटाउने अभियान फेरी शुरु गर्ने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 98 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा  । जीतपुरसिमरा उपमहानगरले घरटहरा हटाउने अभियान फेरी शुरु गर्ने भएको छ । उपमहानगरले यस अघि पटक पटक सुचना जारी गर्दै हटाउन अनुरोध गर्दै आएपनि अटेर गरी बसेकाले फेरी घर, टहरा हटाई ३ दिन भित्र सार्वजनिक बाटोको जग्गा खालि गरि दिन सुचना जारी गरेर हटाउने अभियानलाई तिब्रता दिन थालेको हो ।

सूचना प्रकाशन पौष २१ गतेनै गरिएको र हिजोसम्म नापजाँच रेखाङकन समेत भएकोले आजदेखि हटाउने अभियान पुनः शुरु गर्न लागिएको नगरले जनाएको छ ।


जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारती चोकदेखि दक्षिणतर्फ बडा नं. १३ जोडने बाटो मा बाटो तथा नाला निर्माण कार्यमा बाधा पुग्ने गरी सार्वजनिक जग्गामा निर्माण भएका भौतिक संरचना हटाउन विगतका विभिन्न मितिमा सार्वजनिक सूचना जारी भएतापनि हालसम्म अवैध संरचना हटाउने कार्य नभएकाले अन्तिम पटकका लागि सुचना जारी भएको भन्दै सुचना जारी भईसकेको छ ।

 

२४ गते सम्म फिल्ड रेखाङ्कन भए बमोजिम रेखाङ्कन भित्र परेका सम्पूर्ण अवैध संरचना हटाउन सूचना जारी गरिएको छ । यस सूचना बमोजिम उल्लेखित मिति सम्ममा पनि अवैध संरचना नहटाएको पाइएमा आज २५ गते विहिवारदेखि नगरपालिकाको टोली खटिई उल्लेखित संरचना हटाउने तथा हटाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्ति बाट असुल उपर गरिने नगरपालिकाद्धारा जारी सुचनामा जनाईएको छ ।

ट्याग्स :
शेयर
प्रतिक्रिया
Skip to content