बागदेव दुग्ध सहकारीद्धारा दुग्ध किसान, पुर्व समित, कर्मचारी र पत्रकार पुरस्कृत

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 108 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि.ले उत्कृष्ट पत्रकारित पुरस्कारबाट पत्रकार प्रलाद तिमल्सिनालाई सम्मान गरेको छ ।

सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा एवम् ईकाइ प्रतिनिधिहरुको बैंठकमा तिमल्सिनालाई सम्मान सम्मान गरिएको हो । बिहीवार सम्पन्न साधारण सभाको अवसरमा उत्कृष्ठ कृषकलाई समेत सम्मान गरिएको छ । सम्मानित हुने मा २१ हजार नौं सय ४५ लिटर दुग्ध बिक्रि गर्ने बकैया ठाकुर पशुपालन फर्म निजगढ ५ की भवानी सापकोटालाई प्रथम पुरस्कारबाट सम्मानित गरिएको हो ।

१६ हजार चार सय ४० लिटर दुग्ध विक्रि गर्ने निजगढ ४ का कैलाश खड्का दोश्रो र १३ हजार ४ सय ३६ लिटर दुग्ध विक्रि गर्ने निजगढ ६ का रामप्रसाद हुमागाई तेश्रो किसानलाई सम्मानित हनुभएको छ । उनीहरुलाई नगद र सम्मान–पत्रले नगरप्रमुख सुरथ पुरीले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा पूर्व कर्मचारी सम्मानबाट पूर्व लेखापाल गोविन्द प्रसाद गौतम, पूर्व सहलेखापाल सर्मिला अधिकारी, पूजा भट्टराई र कार्यालय सहयोगी विष्णुप्रसाद भट्टराईलाई कर्मचारी सम्मान प्रदान गरिएको छ ।

त्यसैगरी कुशल व्यवसाय तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोईराला, युके टेन्टका सञ्चालक प्रकाश तिमिल्सिना र सरोज तिमल्सिना, उत्कृष्ट कर्मचारी सम्मानबाट अर्जुन गौतम र कदर पत्रबाट केशव सापकोटालाई सम्मान गरिएको छ । वित्तिय संस्था सम्मान अ‍ैचोपैचो साकोस र सरल बहुउद्देश्यीय सहकारी संस्थालाई प्रदान गरिएको छ । त्यस्तै निर्वाचन मण्डललाई समेत सम्मान गरिएको छ ।


सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभाको बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्यूतप्रसाद मैनालीले प्रमुख अतिथिकारुपमा उद्घघाटन गर्नु भएको थियो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मैनालीले स्रोतको सुनिश्चि नहुदै शिलन्यास गर्ने होडले गर्दा बजेटमा समस्या हुदै आएको बताउनु भएको छ । सांसद मैनालीले दुग्ध किसानको समस्या समाधान गर्न समन्वय गर्ने र निकासा दिलाउन सहयोग गर्ने बताउनु भयो ।


कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले बागदेव दुग्ध उत्पादक सहकारी संस्था किसानमा आधारित र किसानप्रति समर्पित संस्था भएको बताउदै पुरीले किसानबारे योजना बनाउदा स्थानीयसँग समन्वय गर्न मधेस विकास बोर्डसंग आग्रह गर्नुभएको छ ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, मधेस प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष डा.शम्भु साह, निजगढ नगरपालिका वडा नं.६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, दुग्ध सहकारी संघ बाराका अध्यक्ष पुरुषोत्तम भट्टराई, निजगढ नगर सहकारी सञ्जालका संयोजक भोलाप्रसाद गौतम, संस्थाका पूर्व अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, संस्थाका पूर्व अध्यक्ष थानेश्वर सापकोटा, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष सुदर्शनप्रसाद कोईराला, निजगढ नगर सहकारी तथा योजना शाखा प्रमुख अजयकुमार उप्रेती लगायतले सम्बोधन गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै धेरै प्रश्नहरुको घेराको विचमा सदस्यहरुसँग प्रत्यक्ष पुग्न इकाई भेला आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक राजन तिमल्सिनाले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै संस्थाका व्यवस्थापक शौरभ अधिकारीले आर्थिक प्रतिवेदनसहित आगामी बजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष टुकबहादुर तिमल्सिनाले र सञ्चालन सचिव प्रकाश सापकोटाले गर्नुभएको थियो ।


कार्यक्रममा नव निर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा लेखा सदस्यलाई पद तथा गोपनियताको सपथ गराईएको थियो । निर्वाचन मण्डलका संयोजक अजयकुमार उप्रेतीले सपथ गराएका हुन् । नव निर्वाचित कोषाध्यक्ष भोला प्रसाद ढुंगाना, उप सचिव गंगा प्रसाद दंगाल, महिला सदस्य लिलामाया सोनार्नी, लेखा सुपरीवेक्षण समितिका महिला सदस्य देबकी अधिकारीलाई प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।


कार्यक्रममा निजगढ नगरपालिका कार्यपालिका सदस्य सर्मिला वि.क., निजगढ नगरपालिका पशु शाखा प्रमुख युगलकिशोर सिंह, नेकपा (एमाले) निजगढ नगर सचिव तिलक घलान, निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघ निजगढका अध्यक्ष रामकृष्ण घिमिरे, हिमचुली साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोईराला, अ‍ैचोपैचो साकोसका सचिव चुडामणी चौलागाई, संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद बन्जारा, टिकाराम तिमल्सिना, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक सन्तोष भुजेल, सरल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोरख बहादुर खड्का, सार्वजनिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक यादव कुमार तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content