बारा । बाराको निजगढ नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनको पहिलो भेलाले गोपी विश्वकर्माको अध्यक्षतामा निजगढ नगर समिति गठन गरेको छ ।
शुक्रबार भएको अधिवेशनले ११ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन । ११ सदस्य कार्यसमितिको उपाध्यक्षमा रमिला बि.क., सचिवमा शान्ता नेपाली, कोषाध्यक्षमा गोमा परियार सर्वसम्मत चयन भएका छन ।
कार्यसमितिको सदस्यहरुमा चन्द्रकुमारी बि.क., राधिका परियार, खड्गमाया बि.क., शोभा नेपाली, सावित्री बि.क. सुशिला बि.क. र अप्सरा वि.क. रहेका छन ।
सल्लाहकार समितिमा मच्छिन्द्र गहतराज र तुलसीराम नेपालीलाई सो भेलाले चयन गरेको छ । राप्रपा निजगढ नगर समितिका अध्यक्ष खड्ग प्रसाद उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य प्रशिक्षण विभागका सदस्य तथा धार्मिक अभियन्ता अभिषेक जोशी थिए ।
विशिष्ट अतिथिहरुमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनका केन्द्रीय अध्यक्ष अमर परियार, पूर्व केन्द्रीय सदस्य सावित्री देवी भारती किसान संगठनका केन्द्रिय सदस्य निर्मल खड्का लगायतले बधाई तथा शुभकामना मन्तव्य ब्यप्त गरेका थिए । कार्यक्रमलाई राप्रपा निजगढ नगर कार्यसमितिका प्रबक्ता केशव राउतले सञ्चालन गरेका थिए ।