निजगढ रतनपुरमा माघी मिलन साँस्कृतिक कार्यक्रम सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 54 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ  ।  निजगढ वडा नं ११ कार्यलयले माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम गरेको छ । वडा कार्यलयले रतनपुर स्थित चोकमा १ गते मंगलबार माघी मिलन कार्यक्रमको आयोजना गरेको हो । थारु समुदायको सांस्कृतिक पहिचान झल्कने  पहिरन सहित  माघी मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरूको प्रवर्द्धन गरिएको छ । कार्यक्रममा निजगढ नगरपालिकाको नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग , वडा अध्यक्षहरु, पुर्व नगरप्रमुख सुरेश खलान , पुर्व उप-प्रमुख लिलादेवि लामिछाने , स्थानिय राजनितिक दलका प्रमुखहरुको पनि उपस्तिथि रहेको थियो । कार्यक्रमको सभाध्यक्षतामा निजगढ नगरपालिका वडा नं ११का वडा अध्यक्ष सहइया गुरो थारुले गर्नु भएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content