प्रेस युनियन बाराद्धारा पत्रकार महासंघमा केन्द्र प्रदेश, संघ र जिल्लामा निर्वाचितहरुलाई सम्मान

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 124 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाल प्रेस युनियन बारा शाखाले नेपाल पत्रकार महासंघमा बाराबाट प्रदेश, संघ र जिल्लामा निर्वाचित भएकाहरुलाई एक कार्यक्रम मार्फत दोसल्ला ओढाएर सम्मान गरेको छ ।

बारा उद्योग बाणिज्य संघको सभाकक्षमा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले प्रेस तथा अभिब्यतिm स्वतन्त्रताको पुर्ण ग्यारेन्टी एवम श्रमजिवी पत्रकारहरुको पारिश्रमिकको लागि महासंघ पुर्ण रुपमा अगाडी बढीरहेको बताएका थिए ।

काम गरेको पैसा अव संचार गृहले कुनै बदमासी नगरोस भन्ने उदेश्यका साथ महासंघ एउटा ठोस निती बनाएर अगाडी बढीरहेको जानकारी दिदै केन्द्रिय सदस्य पासवानले समाचार लेखेकै भरमा कसैले धाक धम्की दिएको खण्डमा त्यस्ता ब्यतिmहरुलाई महासंघले नछाड्ने प्रतिबद्धता ब्यतm गरेका थिए ।

पत्रकारहरुको सुरक्षालाई महासंघले मुख्य प्राथमिकताका साथ अगाडी बढाईरहेको जानकारी दिदै केन्द्रिय सदस्य पासवानले सत्य तथ्य र निष्पक्ष समाचार लेख्नका लागि सम्पुर्ण पत्रकारलाई सुझाव समेत दिदै पेशा प्रति जवाफदेही हुन पनि आग्रह गरे ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजालले पत्रकार महासंघको आफनै बिधि बिधान भएको भएपनि बिधान विपरित कुनै बेतिथीको अन्त्य गर्नुपर्ने अन्यथा आफुहरु चुप नबस्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतमले पत्रकार महासंघ साझा संगठन भएकोले जितेपछि सबैलाई सगै लैजान नेतृत्वले कमी गर्न नहुने बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय परिषद सदस्य भोजराट भट्टराईले चौतारीले सम्मान कार्यक्रम बहिस्कार गरेकोमा दुःख लागेको बताउनु भयो । नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रंजन यादवले सबैसग सहकार्य गरेरै अघि बढ्ने बताए । कार्यक्रमको संचालन नेपाल प्रेस युनियनका मधेस प्रदेशका सचिव सन्तोष पाण्डेले गरेका थिए भने स्वागत मन्तब्य युनियन बाराका सचिव राजेश कुशवाहाले गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content