गढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादब दिनभर स्थानीयको घेराबन्दीमा, मन्दिरमा तोडफोड गर्नेहरुलाई कार्यवाही हुनुपर्छ ः नगरप्रमुख यादव

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 207 - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको महागढीमाई वडा नं. १ मा रहेको गढीमाई क्षेत्र आज शुक्रबार दिनभर जसो तनाबग्रस्त बनेको छ ।

बिहीबार केही युवकहरुले गढीमाई मन्दिरबाट परेवा चोरेको बिषयमा परेवा चोरी गर्ने युवाहरुलाई महागढीमाई नगरपालिकाको नगरप्रहरीले कुटपिट गरेको बिषयमा दिनभर मन्दिर क्षेत्र तनाब भएको हो ।

महागढीमाई नगरपालिकाका नगर प्रहरीले बालकहरु प्रकाश कुश्वाहा, दिपक कुश्वाहा, राहुल कुश्वाहा र अरमाज सिद्धिकीमाथि कुटपिट गरेको घटनालाई लिएर शुक्रबार स्थानीयले प्रतिकार गरेपछि स्थिति तनाबग्रस्त बनेको हो ।

मन्दिर क्षेत्रको तनाबले रोकियो कुश्ती प्रतियोगिता

मन्दिर क्षेत्रमा तनाबको अबस्था भएपछि रमनाकामना मेलामा बिहीबारदेखि भएको कुश्ती प्रतियोगिता स्थिगित भएको छ । नेपाल र भारतका गरी करिब २०० बढी राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी सहभागी आजको प्रतियोगिता शनिबार १० बजेदेखि शुरु हुने मेला समितिका संयोजक बिरेन्द्र यादबले बताउनु भएको छ ।

कुश्ती खेल्न आएका बाराका अन्तराष्ट्रिय खेलाडी मुख्तार आलमले खेल रोकिएका कारण आफुहरुलाई दुःख लागेको बताए ।

गढीमाई मन्दिर परिसरमा बिहीबार नगर प्रहरीले केही किशोरहरुमाथि कुटपिट गरेको आरोप छ । घटनाले उग्र रूप लिँदा स्थानीयहरूले गढीमाई मन्दिर परिसरमा रहेको विवाह मण्डपमा महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव र नगर प्रहरीलाई बिहान ८ बजेदेखि घेराबन्दीमा राखेका थिए । शसस्त्र प्रहरी र जनपथ नेपाल प्रहरीको सहयोगमा ३ः३० बजे स्थानीयलाई तितरबितर गर्दै घेराबन्दीबाट नगरप्रमुख र नगर प्रहरीलाई मुक्त गराइएको हो ।घटनालाई उत्तेजक बनाउन लागेको भन्दै प्रहरीले केही मानिसलाई पक्राउ समेत गरेको छ

गढीमाई क्षेत्र तनाब भए पछि बिहानैदेखि घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी नवराज सापकोटाले परेवा चोरीको बिषयले उग्ररुप लिएपछि सुरक्षा प्रदान गरेको बताउनु भएको छ ।

पीडित परिवार र स्थानीयले कुटपिट गर्ने नगर प्रहरीलाई कार्वाही गर्न माग

पीडित परिवार र स्थानीयले कुटपिट गर्ने नगर प्रहरीलाई कार्वाही गर्न माग गरेको वडाअध्यक्ष मनोज गुप्ताले बताउनु भएको छ ।

स्थानीय सत्यनारायण महतोका अनुसार बालकलाई निलडाम हुने गरी कुटपिट गरिएको छ, कुटपिट गर्ने नगरप्रहरीलाई कार्वाही गर्नुको सट्टा नगर प्रमुख यादवले नगर प्रहरीलाई उचालेर यस्ता गतिविधि गर्दै आएकाले बिरोध भएको बताए ।

बाराका प्रहरी प्रमुख महेन्द्र खड्काका अनुसार बालकहरूले परेवा समातेको भन्दै नगर प्रहरीले कुटपिट गरेपछि स्थिति बिग्रिएको हो । स्थानीयले प्रतिकार गर्दा तनाव चुलियो । ‘सुरक्षाकर्मीको प्रयासले स्थिति नियन्त्रणमा आएको बताउनु भएको छ ।

गढीमाई मन्दिरमा तोडफोड गर्नेहरुलाई कार्यवाही गर्न नगरप्रमुख यादवको माँग

घेराबन्दीबाट मुक्त भएपछि महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले पत्रकार सम्मेलन मार्फत धार्मिक आस्थासंग जोडिएको गढीमाई मन्दिरमा तोडफोड गर्नेहरुलाई कार्यवाही गर्न माँग गरेका छन ।

शुक्रवार महागढमिाई नगरपालिकाको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी मन्दिर भित्र प्रवेश गरी अराजक तवरबाट मन्दिरमा क्षति पुराउनुको साथसाथै संरचना समेत तोडफोड गर्नेलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसंग माँग गरेका हुन ।

मन्दिरमा भएको घटनालाई सुक्ष्मरुपले छानबिन गरी दोषीलाई कडा कार्यवाही गर्न नगरप्रमुख यादवले माँग गरेको छ । दण्डहिनताको चरम सिमा नाग्यो कति सहनु अव अति भयो भन्दै नगरप्रमुख यादवले विधीको शासन कायम गर्न माँग समेत गरेका छन ।

मन्दिरमा रहेको परेवालाई लुडने गरेका केही ब्यतिmहरुलाई नगर प्रहरीले धपाउने क्रममा समान्यवल प्रयोग गरेको घटनालाई अतिरंजित गरि बरियारपुरका केही ब्यतिmहरुले राजनितिक रंग दिएको उनले बताए ।

मन्दिरमा तोडफोड गराएको हुदा घटनामा संलग्न भएकाहरुलाई कार्यवाहीको दायरामा ल्याउन नगरप्रमुख यादवले पत्रकार सम्मेलन मार्फत माँग गरेका छन । मन्दिरको माथिल्लो भागमा रहेको त्रिशुल, मन्दिरको रेलिङ सिसि क्यामरा, घन्टी, पंखा, धर्मशालामा गुगेलीले हानी सिसाहरु समेत फुटाई दानपेटीका फोरी त्यसमा रहेका नगद रुपैया समेत लुटी लगेको घटना प्रति आफु निकै दुःखित भएको नगरप्रमुख यादवले बताए ।

नगर प्रहरी र परेवा लुटने ब्यतिmहरु बिचको विवाद मिलाउनका लागि म स्यंम आफु पहलकदमी गरि सकेपछि अधिकाश ब्यतिmहरुको चित बुझी आफनो घर तर्फ लागि सकेको अवस्थामा स्थानिय शिवचन्द्र कुशवाहा, मोतिलाल कुशवाहा, सत्यनारायण कुशवाहा, महानगढीमाई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मनोज गुप्ता लगायतका ब्यतिmहरुको गाँउमा प्रवेश गरी ब्यतिmहरुलाई उक्साई मन्दिरमा तोडफोड गरी ठुलै क्षति पुराएको नगरप्रमुख यादवले बताए ।

हुलहुज्जतबाट नगर प्रहरी समेत घाईते बनाएको सो अवसरमा नगरप्रमुख यादवले बताए । घाईते हुनेमा नगरप्रहरीहरु राजदिप पाण्डेय, रमाशंकर यादव, निलम गुप्ता, रामनरेश यादव, रामविनेश कुशवाहा लगायतका रहेको नगरप्रमुख यादवको भनाई रहेको छ । रामनरेश यादवको ठाउको फुटेको, पाण्डेयको हात भाजेको, गुप्ताको जिउभरी नै चोट लागेको नगरप्रमुख यादवले पत्रकार सम्मेलन मार्फत बताए ।

गढीमाई क्षेत्रमा अझै मुडभेडको अबस्था

नगरप्रमुख यादबले पिडीत पक्षलाई बार्तामा राखी समस्या समाधान गर्नुको सट्टा सुरक्षाकर्मी र नगरप्रहरीको बलमा स्थानीयलाई पेल्न खोजेको बिषयले गढीमाई क्षेत्र अझै मुडभेडको अबस्था भएको स्थानीयले बताएका छन ।

ट्याग्स :
शेयर
प्रतिक्रिया
Skip to content