निजगढ । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान २०८१ सञ्चालनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्र्तगत यही २०८१ माघ २३ देखि २५ गतेसम्म निजगढ नगर क्षेत्रमा हुन गईरहेको अभियानलाई सफल बनाउन खोप सञ्चालन गर्ने स्वास्थ्यकमीहरुका लागि अभिमुखीकरण सम्पन्न भएको हो । निजगढमा रहेका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई सम्बन्धित विद्यालयमा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई पनि अभियानको सञ्चालनको समयमा नजिकैको विद्यालयमा तथा छुट भएका उक्त समूहका किशोरीहरुलाई नजिकको स्वास्थ्य संस्थामा समेत यो खोप दिने कार्यक्रम छ ।
खोप कक्षा ६ देखि १० सम्म सञ्चलान हुने सबै विद्यालयहरुको साथै स्वास्थ्य संस्थाबाट समेत दिईने हुँदा अभियानको समयमा उक्त निकायमा सम्पर्क गरी खोप लगाउन हुन सबैमा कार्यक्रमकी प्रमुख अतिथि नगरउपप्रमुख सोममाया थिङले अनुरोध गर्नु भएको छ ।
खोप अभियान अन्तर्गत सुक्ष्म योजना तर्जुमा समेत सम्पन्न भएको नगरपालिका स्वास्थ्य शाखाका संयोजक रमेश लामाले बताउनु भएको छ । संयोजक लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका बारेमा सह संयोजक मणिश्वर घिमिरेले जानकारी दिनु भएको थियो ।
नेपाली महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा देखिइरहेको छ । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ सेवा दिँदै आएको छ । ‘पाठेघरको मुखको क्यान्सर रोकथाम निर्देशिका २०७९’ मा भीआईए, एचपीभी टेष्ट, प्याप स्मेयर र एलबीसी विधिबाट निःशुल्क स्क्रिनिङ गरिने उल्लेख छ ।
साथै, किशोरीहरूलाई लक्षित गरी यही वर्षदेखि एचपीभीविरुद्धको खोप पनि दिन लागिएको छ । यही माघ २२ गतेदेखि १० देखि १४ वर्षसम्मका बालिकालाई देशव्यापी अभियान सञ्चालन गरेर खोप दिइँदैछ ।
कुन उमेरका महिलाले कहिले स्क्रिनिङ गराउने ?
सामान्य अवस्थाका महिलाको ३० देखि ४९ वर्षमा भीआईए र ३० वर्षभन्दामाथिका महिलाको एचपीभीमार्फत् स्क्रिनिङ गराउने निर्देशिकामा उल्लेख छ । यस्तै, एचआईभी संक्रमित महिलाहरूले २५ देखि ४९ वर्षमा भीआईए र २५ वर्षदेखिमाथि एचपीभी स्क्रिनिङ गराउनुपर्ने हुन्छ ।
सामान्य अवस्थाका महिलाले तीनवर्षको अन्तरालमा एकपटक र एचआईभी संक्रमित महिलाले एक–एक वर्षमा भीआईए परीक्षण गराउनुपर्ने हुन्छ ।
एचपीभी भने सामान्य अवस्थामा पाँच वर्षको फरकमा र एचआईभी संक्रमित महिलाले प्रत्येक तीन वर्षमा गराउनुपर्ने निर्देशिकामा उल्लेख छ ।
हाल सरकारले एचपीभीलाई नै एचपीभी डीएनएकोे रूपमा निःशुल्क परीक्षण सेवा दिँदै आएको छ ।
यी हुन् परीक्षण हुने अस्पताल तथा प्रयोगशाला
– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौं
– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं
– निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौं
– वीर अस्पताल, महाबौद्ध काठमाडौं
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरू
– विराटनगर, मोरङ
– जनकपुर, धनुषा
– धुलिखेल, काभ्रे
– कास्की, पोखरा
– बुटवल, रूपन्देही
– वीरेन्द्रनगर, सुर्खेत
– धनगढी, कैलाली