दोश्रो अन्तराष्ट्रिय बिमानस्थल निजगढमै बन्नु पर्छ ः निधी भिडियो सहित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 92 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय
oplus_0

बारा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्व उपसभापति बिमलेन्द्र निधीले दोश्रो अन्तराष्ट्रिय बिमानस्थल निजगढमै बन्ने बताउनु भएको छ ।
निजगढबाट एक घण्टामै काठमाण्डौ पुग्न द्रुतमार्ग बनेको बताउदै यो सम्पन्न हुनु अघिनै निजगढ विमानस्थलको काम शुरु हुने बताउनु भएको छ । निजगढ बिमानस्थल देशको आर्थिक समृद्धीका लागि अति आबश्यक रहेको उहाँले बताउनु भयो ।

नेपाली काग्रेसको संगठन सुद्धृढीकरण गर्दै पार्टीलाई बलियो पार्न पार्टीले सयदिने अभियान सञ्चालन गरेको कार्यक्रमका लागि बारा आएका निधिले सो कुरा बताउनु भएको हो ।

नेपाल प्रेस युनियन बारा शाखाले नेपाली काँग्रेस पार्टी कार्यालय कलैयामा बिहीबार गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुर्व उपसभापति समेत रहेका निधिले केही कमीकमजोरी छ भने सबैपक्षसग छलफल गरेर संविधान संशोधन मार्फत सबैको पहिचान हुने गरी काम अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

संङघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी मुलकमा स्थायी शान्ति, सुसाशन कायम गर्दै विधीको शासन कायम गराउनु र दण्डहिनतालाई अन्त्य गर्दै सभ्य समाजको निर्माण गर्नु नै नेपाली काँग्रेस पार्टीले सय दिने अभियान मार्फत देशभरी नेता, कार्यकर्तालाई संन्देश प्रवाह गरेको जानकारी गराए ।
नेपाली काँग्रेस र नेकपा एमालेको सरकार सहमति अनुसार नै चल्ने भन्दै पुर्व गृहमन्त्री समेत रहनु भएको नेता निधिले अहिले सरकार नढल्ने ठोकुवा गर्नुभयो । दुई बर्ष ओलीले सरकार चलाई सकेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उहाँले बताउनु भयो । सहमति अनुसार तिनै तहको निर्वाचन समेत देउवा नेतृत्वको सरकारलेनै गर्ने कुरामा ढुक्क रहन सबैलाई आग्रह गर्नु भएको छ ।

माघ १६ गते सम्म बारामै बसेर नेपाली काँग्रेस पार्टी केन्द्रीय समितिले आफुलाई पार्टीको संगठन सुद्धृढिकरण गर्दै चारवटै निर्वाचन क्षेत्रमा क्रियाशिल बनाउने अभियानमा खटाएको उहाँले बताउनु भयो ।

पार्टीलाई चलायमान बनाउदै मिसन ८४ का लागि पनि काँग्रेस बलियो बनाउन भन्दै पार्टी, भातृ संस्था, स्वेच्छुक संस्थालाई सक्रिय गराउदै क्रियाशिल सदस्यता प्रदान गर्ने काम नै सय दिने अभियानको मुख्य उदेश्य रहेको निधीले बताउनु भयो ।

प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न सो पत्रकार सममेलनमा पत्रकारहरुले सोधेको प्रश्नको नेता निधिले पार्टीको आन्तरिक गुटबन्धी क मगर्न भुमिका खेल्ने बताउनु भएको छ । कार्यक्रममा संविधान सभाका सदस्य डाक्टर शोभाकर पराजुली, नेपाली काँग्रेसका जिल्ला सभापति राजेशराय यादव, उपसभापति मनोज भट्ट, कलावती पासवान, क्षेत्रीय सभापति लुकेश सिंह, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसको सय दिने अभियान अन्तर्गत बाराको चार वटै प्रतिनिधि सभा क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने निर्णय भएको भएको छ । माघ ११ गते शुक्रबार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को आयोजनामा पार्टी कार्यालय कलैयामा, माघ १२ गते शनिबार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र ४ को आयोजनामा प्रसौनीमा, माघ १३ गते आईतबार प्रतिनिधि सभा क्षेत्र २ को आयोजनामा सुवर्ण गाउँपालिका वडा नम्बर १ बगही पोखरीमा, माघ १४ गते सोमबार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को आयोजनामा नेपाली कांग्रेस पार्टी कार्यालय खोपवा बारागढीमा, माघ १६ गते बुधबार साढे ११ बजे जिल्ला कार्य समितिको आयोजनामा पार्टी कार्यालय कलैयामा अभियान अन्तर्गत कार्यक्रम गर्ने उहाँले बताउनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content