गढीमाई मन्दिरमा तोडफोड गर्ने तीन व्यक्ति पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 58 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको प्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्ने तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १ गतेको दिन ती व्यक्तिहरूले मन्दिरभित्र रहेका विभिन्न धार्मिक सामग्रीमा क्षति पुर्‍याएका थिए । गढीमाई मन्दिरमा पञ्चबर्षिय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउँन ल्याएका परेवा उनीहरु लुटेका सिसिटिभी फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा रौतहटको बृन्दावन नगरपालिका वडा नं। २ का २३ बषिय एजाज अंसारी, बाराको महागढ़ीमाई नगरपालिका वडा नं।१ का १९ बषिय अरमान अंसारी, र सोही वडाका ३६ वर्षीय बिद्या सागर पटेल रहेका छन् । पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।

उनीहरुले तोडफोड गर्ने क्रममा घण्टी, पंखा, त्रिशूल, सि.सि. क्यामरा, दान पेटिका लगायतका सामानमा नोक्सानी पुर्‍याएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए । घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मन्दिरमा जडान गरिएको सिसिटिभी फुटेजका आधारमा दोषीहरूको पहिचान गरी कार्वाही शुरु गरेको हो ।

गढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादब दिनभर स्थानीयको घेराबन्दीमा, मन्दिरमा तोडफोड गर्नेहरुलाई कार्यवाही हुनुपर्छ ः नगरप्रमुख यादव

शेयर
प्रतिक्रिया
Skip to content