निजगढमा तीन हजार दुई सय १४ किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप दिईने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 151 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । बाराको निजगढमा तीन हजार दुई सय १४ किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप दिईने भएको छ ।
खोप अभियान २०८१ सञ्चालनका लागि बाराको निजगढमा छलफल र अन्तक्रिया कार्यक्रममा सो जानकारी दिईएको हो ।

एच.पि.भी. खोप अभियान २०८१ अन्र्तगत यही २०८१ माघ २३ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । निजगढमा रहेका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई सम्बन्धित विद्यालयमा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई यो खोप लगाउन लागिएको हो ।

अभियान अन्र्तगत २० बिद्यालय र ११ स्वास्थ्य संस्था गरी ३१ स्थानबाट खोप अभियान सञ्चालन गर्न लागिएको निजगढ नगरपालिका स्वास्थ्य शाखाका संयोजक रमेश लामाले बताउनु भएको छ । अभियानलाई सफल बनाउन खोप सञ्चालन गर्ने स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण यस अघिनै सम्पन्न भएको हो । अभियानको सञ्चालनको समयमा नजिकैको विद्यालयमा तथा छुट भएका उक्त समूहका किशोरीहरुलाई नजिकको स्वास्थ्य संस्थामा समेत यो खोप दिन सकिने बताईएको छ ।

एच.पि.भी. खोप अभियानका बारेमा निजगढ नगरपालिका स्वास्थ्य शाखाका संयोजक रमेश लामा

सबै विद्यालयहरुको साथै स्वास्थ्य संस्थाबाट समेत दिईने हुँदा अभियानको समयमा उक्त निकायमा सम्पर्क गरी खोप लगाउन हुन र कुनै समस्या भए तत्काल जानकारी गराउन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख सुरथ पुरीले बताउनु भएको छ । नगरप्रमुख पुरीले खोप परिक्षण गरी आउने भएको डराउनु पर्ने अबस्था नभएको बताउनु भएको छ । खोप नलगाउदा भविष्यमा धेरैको मृत्युको कारण बनेको यो रोग लाग्ने सम्भावना धेरै हुन्छ । यो खोप एक पटक लगाए आजिबन रोगबाट बच्न सकिने भएकोले लगाउन अनुरोध गर्नु भएको छ । यसका साथै कुनै समस्या आए तत्काल स्वास्थ्यकर्मीहरुसग सम्र्पकमा रहन पुरीले अनुरोध गर्नुभयो ।

नगरप्रमुख पुरीको भनाई भिडियो सहित

संयोजक लामाले कुन कुन ठाउ कसरी के काम गर्ने पहिल्यै तय गरेर खोप अभियान अन्तर्गत सुक्ष्म योजना तर्जुमा तयार पारिएको बताउनु भएको छ । कार्यक्रमको बारेमा लामाले सहभागिहरुलाई जानकारी दिनु भएको थियो ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा देखिइरहेको छ । किशोरीहरूलाई लक्षित गरी यही वर्षदेखि एचपीभीविरुद्धको खोप पनि दिन लागिएको छ ।

डब्लु एच ओ आईपिडीका सुरेश अधिकारीले नेपालमा पाठेघरको क्यान्सरबाट मृत्यु हुने संख्या पहिलो नम्बरमा रहेको बताउनु भयो । हरेक वर्ष ५लाख ७० हजार महिलालाई हुने गरेको छ ।

त्यसैगरी हरेक वर्ष ३ लाख ११ हजार जना महिलाहरूको मृत्यु हुने गरेको बताउनु भएको छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौयो मुख्य क्यान्सर रहेको छ उनले बताए । ८८५ पाठेघरको मुखको क्यान्सरका विरामीहरू र मृत्यु हुने संख्या न्यून आय भएका र मध्यम आय भएका देशहरूमा देखिएको बताए ।

निजगढ नगरमा ३३ स्वास्थ्यकर्मीद्धारा खोप अभियान शुरु भएको हो । कार्यक्रममा सञ्चारकर्मी, महिला नेतृ , वडाअध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

 

 

ट्याग्स : ,
शेयर
प्रतिक्रिया
Skip to content