निजगढ खानेपानी संस्थाको ९ औ साधारण सभा सम्पन्न
बारा । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले सुन कोशी मरिन डाईभर्सनबाट मधेश प्रदेशमा अब सिचाई मात्र हैन खानेपानी समेत ल्याउन केहिदिनमै ठेक्का लगाउने तयारी अन्तिम अबस्थामा रहेको बताउनु भएको छ ।
नयाँ योजना अन्र्तगत हेटौडाको राप्ती खोलाको पानी ल्याएर बारा पर्सा र रौतहटको खानेपानी समस्या समाधान गर्न सम्भाव्यता अध्ययनका लागि केही दिनमै ठेक्का लगाउने उहाँले बताउनु भयो ।
निजगढ खानेपानी तथा सरसफाई संस्था निजगढको ९ अमुौ साधारण सभालाई निजगढमा सम्बोधन गर्दै मन्त्री यादबले सो कुरा बताउनु भएको हो ।
मन्त्री यादवले प्रधानमन्त्रीको निर्देशन अक्षरस पालना गरी काम गरी रहेको बताउदै प्रधानमन्त्री केपी शर्मा ओलीले कहिलेकाही मन्त्रीहरुको फयुज उडाई दिने बताउनु भएको छ । कामको प्रतिफल निकाल्न राती १२ बजे पनि कहिलेकाही प्रधानमन्त्रीले फोन गर्दा मन्त्रीको फुज उड्ने गरेको उहाँले बताउनु भयो ।
सरकार ३८० वटा भन्दा बढी ओभरहेड टंकी ३० बर्ष अघिदेखि बनेर सञ्चालनमा नआएकोले अबको अर्को बर्ष बजेट हालेर सबैलाई सञ्चालनमा ल्याउने उहाँले बताउनु भयो ।
सरकारको तीनै तह छलफल गरेर खानेपानीको समाधान गर्न आबश्यक रहेको बताउदै उहाँले अहिले २७ प्रतिशत स्वच्छ खानेपानी पुगेपनि एक बर्षमा २७ बाट ५७ प्रतिशतलाई स्वच्छ खानेपानी पुराउने लक्ष्य रहेको उहाले बताउनु भयो ।
खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष सुदर्शन कोईरालाको अध्यक्षतामा सम्पन्न साधारण सभामा सासद अच्युत मैनाली , पुर्व मन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सासदहरु त्रिलोकी चौधरी, मिना लामा, नगरप्रमुख सुरथ पुरी, पुर्व नगरप्रमुख सुरेश खनाल लगायतले खानेपानीको समस्याका बारेमा सम्बोधन गर्नु भएको थियो ।
स्वागत मन्तब्य खानेपानी तथा सरसफाई संस्थाका सदस्य सुनमाया लोप्चनले गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष कोईरालाले उद्धेश्य तथा प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली काग्रेस निजगढ नगरप्रतिनिधि बिष्णु खड्का, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) का निजगढ नगर अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सचिब एवम निजगढ नगर अध्यक्ष रामहरी खरेल, एकीकृत समाजवादी पार्टी निजगढका अध्यक्ष भिमप्रसाद सापकोटा, जनमत पार्टी निजगढका अध्यक्ष मोजहर मन्सुर, खानेपानी तथा सरसफाई संस्थाका संस्थापक अध्यक्ष अम्बिका चौलागाई लगायतका वक्ताहरुले खानेपानीको समस्या बारे आफना भनाई राख्नु भएको थियो । साभार तराई सञ्चार राष्ट्रिय दैनिक