बारा । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले निजगढ अन्तराष्ट्रिय बिमानस्थल बन्नुपर्छ भन्दै यसका लागि पहल गर्ने बताउनु भएको छ ।
यो एउटा तराई मधेशको महत्वपुर्ण बिकासमा सहयोग पुराउने भएकोले द्रुतमार्ग सम्पन्न हुनासाथ यसको महत्व धेरै भएको बताउदै यसका लागि पहिलेपनि बोल्दै आएको र फेरी पनि संसद र मन्त्रीका रुपमा पहल गरी रहने मन्त्री यादबले बताउनु भएको छ ।
बारा पर्सा र रौतहटलाई खानेपानीका लागि आफनो पहलमा हेटौडाको राप्ती खोलाको पानी समस्या समाधान गर्न सम्भाव्यता अध्ययनका लागि केही दिनमै ठेक्का लगाउने उहाँले बताउनु भयो ।
निजगढ खानेपानी तथा सरसफाई संस्था निजगढको ९ औ साधारण सभालाई निजगढमा सम्बोधन गर्न आएका मन्त्री यादबलाई विमानस्थलका बारेमा पत्रकारहरुले राखेको जिज्ञासा पछि सो कुरा बताउनु भएको हो ।
सुन कोशी मरिन डाईभर्सनबाट मधेश प्रदेशमा अब सिचाई मात्र हैन खानेपानी समेत ल्याउन केहिदिनमै ठेक्का लगाउने तयारी अन्तिम अबस्थामा रहेको बताउनु भएको छ ।