बारामा सुधार केन्द्रमा बसेका एकको चक्कु प्रहारबाट हत्या, सात पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 125 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
रबिन्द्र सिह
बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं. ९ रामपुर बस्ने हिरालाल मण्डलको छोरा ३५ बर्षको धिरेन्द्र कुमार मण्डल नामले चिनिने प्रदिप कुमार मण्डलको चक्कु हानेर हत्या भएको छ ।
गएराती सो सुधार केन्द्रमा भर्ना बसेका मण्डललाई बाहिरबाट हातमा रड चक्की लिएर गएका करिब १० जानको समुहको कुटपिटबाट मण्डलको मृत्यु भएको हो । गुप्ता पेट्रोल नकिकै रहेको नबजन्म सुधार केन्द्र केन्द्रमा भएको सो घटना पछि प्रहरीले तमन्ना अली, निरज सर्राफ, सर्फराज मन्सुर, राहुल शेख, सागर गुप्ता, प्रमेश्वर साह, सर्फराज मण्डल लगायत सात जनालाई पक्राउ गरेको छ ।
हत्या भएका मण्डलको पोस्टमार्टम कलैया अस्पतालमा भईरहेको छ । प्रहरीले घटना बारे राती २ बजे जानकारी पाएको र घटनास्थलको सिसिटभि फुटेज संकलन गरी कार्वाही भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता प्रकाश सापकोटाले बताउनु भएको छ ।
घटनाको कारण लगायत बिस्तृत बिबरण आउन बाकी छ ।
शेयर
प्रतिक्रिया
Skip to content