काभ्रे । काभ्रेको पनौती ४ मा रहेको अरुणोदय अंग्रेजी माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक प्रर्दशनी आकर्षणको केन्द्र बनेको छ । बिद्यालयका बिद्यार्थि शिक्षक अभिभावक सबैको आकर्षणको केन्द्र बनेको हो । स्तरीय र अब्बल शिक्षा प्रदान गर्दै जिल्लामै नमुना बन्दै आएको अरुणोदय अंग्रेजी माध्यमिक विद्यालयमा महोत्सब झै शैक्षिक प्रदर्शनी आकर्षणको केन्द्र बनेको अभिभावकहरुले बताएका छन । प्याब्सन नेपालका अध्यक्ष डिके ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न बिद्यालयमा कक्षा ३ देखि ८ सम्म अध्ययन गर्ने बालबालिकाहरुले सिकाईलाई ब्यवहारमा तथा प्रयोगात्मक तरिकाले देखाउने उदेश्यले आयोजित प्रर्दशनीमा आसपासका संस्थागत र सामुदायिक २० वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको समेत सहभागिता जनाएका थिए ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष ढुंगानाले नीजि विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा संलग्न गराउँदै उनिहरुको स्थायीयत्वका लागि प्याब्सनले तालिम प्रदान गरी सक्षम बनाउने प्रकृयालाई निरन्तरता दिएको बताए । विद्यार्थीहरुलाई पहिलाको जस्तो अवस्थाबाट नभई फरक ढंगबाट सिकाउने प्रकृया संस्थागत विद्यालयहरुले शुरु गरिसकेको बताउँदै ज्ञान, सीप र संस्कार आजको आवश्यकता रहेको बताए । विद्यार्थीहरुले उपलब्ध गराउने ज्ञान, सीप र संस्कारमा प्रविधि थपेर अझै उत्कृष्ट विद्यार्थी तयार गर्ने योजनामा संस्थागत विद्यालयहरु सक्रिय रहेको ढुंगानाले बताए । ‘शिक्षकलाई तालिम, अभिभावकलाई अभिमुखिकरण र विद्यार्थीहरुलाई अध्ययन गराउन फरक शैली र तरिका मार्फत प्याब्सनले कार्य गरिरहेको छ’–अध्यक्ष ढुंगानाले बताए । हरेक विद्यार्थी कुनै न कुनै कुरामा सक्षम र उत्कृष्ट हुने भएपनि बिद्याालयहरुमा अतिरिक्त क्रियाकलापले उनीहरुको क्षमता प्रदर्शन हुने बताउनु भयो । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।
विद्यालयका संचालक अध्यक्ष भिमसेन केसी, प्रिन्सिपल विष्णुप्रसाद दाहाल, विद्यालयका सुरेशकुमार ताम्राकार, सहायक प्रिन्सिपल कृष्णकुमार केसी, प्याब्सनका केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठ , विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाहरुले अध्ययन गर्ने क्रममा विभिन्न विषयमा सिकेका ज्ञानलाई सीपका माध्यमबाट ब्यवहारीक रुपमा प्रर्दशन गरेका थिए । विशेषगरी पनौतीलाई जोडेर १२ वर्षे मकर मेला, पनौतीका ऐतिहासिक, धार्मिक र सांस्कृति पर्व तथा चाडवाड, नेपालको मौलिकता तथा सास्कृतिक विषयबस्तु, विभिन्न विषयमा अध्ययन गरेका पाठहरुलाई प्रदर्शनीमा विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।